नेपाल आज फिलिपिन्ससँग खेल्दै, अन्तिम खेल खेल्दै स्ट्राइकर अनिल 

खरीबोट
ad

काठमाडौं । एएफसि एसिया कप फुटबलको छनौटमा नेपालले आफ्नो अन्तिम खेल आज अपरान्ह फिलिपिन्ससँग खेल्दै छ । खेल आज दिउँसो २ बजे एन्फा कम्लेक्स सातदोबाटोमा हुदै छ । 

यसअघि गएको चैत्रमा भएको खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणमा केबल एक अंक सहित प्रतियोगिताबाट बाहिरिइसकेको छ । 

समुहमा चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।

यो खेल नेपालका लागि छनौट हुने भन्दा पनि नेपाली टोलीका कप्तान अनिल गुरुङको अन्तिम खेल भएकाले महत्वपूर्ण भएको छ । यस खेलपछि गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । नेपाली राष्ट्रिय टिमका लागि ५०औ खेल खेल्दै आफ्नो अन्तर्राष्ट्रिय क्यारियरलाई अलबिदा गर्न लागेका गुरुङले अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि ९ गोल गरेका छन् ।

गुरुङले अन्तर्रष्ट्रिय खेलबाट सन्यास लिएपनि क्लब खेलमा भने सक्रिय हुने बताएका छन् ।  गुरुङ भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका छन् । 
 

सम्बन्धित समाचार

एसिया कप क्रिकेटमा श्रीलङ्का दोश्रो पराजयसंगै प्रतियोगिताबाट बाहिर

यूएई । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ । पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको श्रीलङ्का यो हारसँगै एसिया कप क्रिकेट प्रतियोगिताबाटै

एसिया कप क्वालिफायरमा मंगलबार नेपाल हङकङसँग खेल्दै, चमत्कारको आशामा क्रिकेटप्रेमी    

काठमाडौं।  एसिया कप क्रिकेट क्वालिफायरमा नेपाल अप्ठ्यारो स्थितिमा रहेको छ।  सुरुका दुई खेलमा हार बेहोरेपछि अब शिर्ष दुई स्थानमा ठाउ बनाउन नेपाललाई ठुलो चमत्कार गर्नु पर्ने भएको छ।  नेपालले लिगको अन्तिम

मलेसियामा हुने एसिया कप क्रिकेट क्वालिफायरको खेल तालिका सार्वजनिक

काठमाडौँ।  एसिया कप क्रिकेटका लागि हुने क्वालिफायर प्रतियोगिता मलेसियामा हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप क्रिकेट क्वालिफायर प्रतियोगिता आगामी भदौ १३ देखि २१ सम्म क्वालालाम्पुरमा हुने बताउदै

एसिया कप क्रिकेट क्वालिफायर प्रतियोगिता मलेसियामा हुने, विजेताले पाकिस्तान र भारतसँग खेल्ने  

काठमाडौँ।  एसिया कप क्रिकेटका लागि हुने क्वालिफायर प्रतियोगिता मलेसियामा हुने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सो बारे जानकारी दिदै एसिया कप क्रिकेट क्वालिफायर प्रतियोगिता आगामी भदौ ११ देखि २२


z