• २०८१ बैशाख ७ शुक्रबार

नेपाल आज फिलिपिन्ससँग खेल्दै, अन्तिम खेल खेल्दै स्ट्राइकर अनिल 

kharibot

काठमाडौं । एएफसि एसिया कप फुटबलको छनौटमा नेपालले आफ्नो अन्तिम खेल आज अपरान्ह फिलिपिन्ससँग खेल्दै छ । खेल आज दिउँसो २ बजे एन्फा कम्लेक्स सातदोबाटोमा हुदै छ । 

यसअघि गएको चैत्रमा भएको खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । छनौट चरणमा एक खेल पनि जित्न नसकेको नेपाल छनौट चरणमा केबल एक अंक सहित प्रतियोगिताबाट बाहिरिइसकेको छ । 

समुहमा चार खेलेको फिलिपिन्स आठ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।

यो खेल नेपालका लागि छनौट हुने भन्दा पनि नेपाली टोलीका कप्तान अनिल गुरुङको अन्तिम खेल भएकाले महत्वपूर्ण भएको छ । यस खेलपछि गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । नेपाली राष्ट्रिय टिमका लागि ५०औ खेल खेल्दै आफ्नो अन्तर्राष्ट्रिय क्यारियरलाई अलबिदा गर्न लागेका गुरुङले अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि ९ गोल गरेका छन् ।

गुरुङले अन्तर्रष्ट्रिय खेलबाट सन्यास लिएपनि क्लब खेलमा भने सक्रिय हुने बताएका छन् ।  गुरुङ भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै