• २०८१ बैशाख ७ शुक्रबार

जब बिरालो प्रहरीको 'प्राइम सस्पेक्ट' बन्यो !

kharibot

फाइल तस्बिर

पूर्वी एसिया । एक जना जापानी वृद्धाको हत्याप्रयासमा संलग्नतामा जापानी प्रहरीको मुख्य आरोपी एउटा बिरालो परेको छ ।

८२ वर्षकी मायुको मात्सुमोटो रगत बगिरहेको अवस्थामा आफ्नै घरमा फेला परेकी थिइन् । प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको छ । घाइते वृद्धाको छोरीले उनलाई फेला पार्दा अनुहारमा २० ठाउँ जतिमा काटिएको थियो । यो घटना दक्षिण जापाको मिफुनमा भएको हो ।

वृद्धाको छोरीले भेट्दा घाइते वृद्धाको चिउँडोभरि रगत लतपतिएको थियो । उनी ओछ्यानमा थिइन् भने आफूमाथि के भएको भन्ने बोल्न नसक्ने अवस्थामा भेटिएकी थिइन् । उनलाई तुरुन्तै आकस्मिक उपचार आवश्यक परेको थियो । अनुसन्धान अधिकारीहरुले उनको घरमा बाहिरबाट जबर्जस्ती कोही पनि प्रवेश नगरेको पाइएको बताएका छन् ।

स्थानीय मिडियाहरुका अनुसार सोही कारण प्रहरीले हत्याप्रयासमा संलग्न रहेको आरोप बिरालोमाथि लगाएको हो । प्रहरीले अनुसन्धान गर्दा कुनै भड्किएको बिरालोमा मानिसको रगत लतपतिएको अवस्थामा उक्त घर नजिकै फेला परेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै