• २०८१ बैशाख ७ शुक्रबार

सन्दीप चम्किएपछि मलेसिया ४५ रनमा अलआउट, नेपाललाई ४६ रनको लक्ष्य  

kharibot

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले मलेसियालाई ४६ रनमा अलआउट गरेको छ । टस जितेर पहिला बलिङ गरेको नेपालले १५.३ ओभरमा ४५ रनमा मलेसियाका विकेट लिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका छन् । लामिछानेले ४.३ ओभर बलिङ गर्दै ८ रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै नेपालका कप्तान दिपेन्द्र सिंह ऐरी र शबाब आलमले २,२ विकेट लिएका थिए भने अनिल कुमार शाहले एक विकेट लिएका थिए ।

नेपाली बलरका अगाडी मलेसियाका ब्याट्सम्यान टिक्न सकेनन् । राम्रो सुरुवात गरेको मलेसिया छैठौ ओभर पछि कोल्याप्स भएको थियो । मलेसियाका लागि ओपनर सहिद अजिजले सर्वाधिक २० रन बनाएका थिए भने मलेसियाका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए । 

बर्षाले २४ ओभरमा झारिएको खेलमा नेपालले एहिबेरमा आफ्नो इनिंग सुरु गर्दै छ ।

लाइभ स्कोरका लागि यँहा क्लिक गर्नुहोस :  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै