• २०८१ बैशाख ६ बिहीबार

लाभांश नदिने भएपछि सगरमाथा इन्स्योरेन्सको सेयर कारोबार ओरालो लाग्यो

kharibot

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर कारोबार ओरालो लागेको छ । कम्पनीको आर्थिक वर्ष २०७३÷०७४ मा २५ करोड ५५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

तर उक्त मुनाफा कमाए पनि उक्त मुनाफाबाट कुुनै पनि किसिमको बोनस र नगद लाभांश वितरण  नगर्र्ने घोषणा गरेपछि त्यसको सिधा असर कम्पनीको सेयर मूल्यमा परेको छ ।

कम्पनीको कात्तिक २७ गते सोमबार बसेको सञ्चालक समितिको दुुई सय ५२औँ बैठकले आर्थिक वर्ष २०७३÷०७४ को बित्तीय बिवरण पारित गराउँदै उक्त आर्थिक वर्षको मुनाफाबाट कुुनैपनि किसिमको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय बाहिरिएलगत्तै कम्पनीको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ५४ पैसाले घटेर १४ सय ८६ रुपैयाँमा झरेको छ ।

चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ रहेको कम्पनीको आव २०७३÷०७४ मा प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ४८ पैसा रहेको थियो भने प्रति सेयर नेटवर्थ दुुई सय ३६ रुपैयाँ ६२ पैसा रहेको थियो । अघिल्लो आर्थिक वर्षमा पनि कम्पनीले २० करोड ६७ लाख ५४ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै