• २०८१ बैशाख १३ बिहीबार

मलेसियामाथि नेपालको ८ विकेटको शानदार जित

kharibot

काठमाडौं । अन्डर १९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियाले दिएको ४६ रनको लक्ष्यलाई नेपालले सातौ ओभरमा २ विकेट गुमाएर पुरा गर्दै मलेसियामाथि जित हासिल गरेको हो । जितसँगै नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना बढेको छ ।

नेपालको ३ खेलमा २ जित र एक हार सहित ४ अंक रहेको छ । नेपालको सेमिफाइनल यात्राका लागि हाल भैरहेको भारत र बंगलादेशको खेलको नतिजा पर्खनु पर्ने भएको छ ।

नेपाली ब्याट्सम्यानले आक्रामक खेल खेल्दै ५.४ ओभरमा ५१ रन बनाउदै लक्ष्य पुरा गरेका थिए । नेपालका अनिल कुमार शाहले २६ नटआउट, कप्तान दिपेन्द्र सिंह ऐरीले १२ रण बनाएका थिए । 

यसअघि टस जितेर पहिला बलिङ गरेको नेपालले १५.३ ओभरमा ४५ रनमा मलेसियाका सबै विकेट लिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए । लामिछानेले ४.३ ओभर बलिङ गर्दै ८ रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै नेपालका कप्तान दिपेन्द्र सिंह ऐरी र शबाब आलमले २,२ विकेट लिएका थिए भने अनिल कुमार शाहले एक विकेट लिएका थिए ।

नेपाली बलरका अगाडी मलेसियाका ब्याट्सम्यान टिक्न सकेनन् । राम्रो सुरुवात गरेको मलेसिया छैठौ ओभर पछि कोल्याप्स भएको थियो । मलेसियाका लागि ओपनर सहिद अजिजले सर्वाधिक २० रन बनाएका थिए भने मलेसियाका ५ खेलाडी शुन्य रनमा आउट भएका थिए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै