एमालेद्वारा उम्मेदवार राईमाथिको आक्रमणको विरोध

खरीबोट

काठमाडौँ । नेकपा (एमाले) ले आफ्ना भोजपुर कमा प्रदेशसभा सदस्य उम्मेदवार पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईमाथि आज बिहान भएको आक्रमणको निन्दा गरेको छ । 

भोजपुर–१ को ट््याम्के मैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा निर्वाचन प्रचारका क्रममा राईको गाडीमाथि आक्रमण भएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन प्रचारका क्रममा रहेका उम्मेदवारमाथिको सो आक्रमण निर्वाचन भाँड्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाइएको छ । 

“पार्टीको मागका वावजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका वामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासीनताले हाम्रो पार्टीलाई आश्चर्यचकित बनाएको छ”, ओलीको विज्ञप्तिमा भनिएको छ । 

सम्बन्धित समाचार

अति भो ! मदन—आश्रितको हत्यास्थलमा पूर्वएमालेको भट्टी पसल ! 

जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको चोला उडाएको ठाउँ हो दासढुङ्गा।  हत्याअघि न त्यो ठाउँको चर्चा थियो, न कसैले नामै सुनेका थिए , थिए भने पनि केही सय

साढे ३३ किलो सुन प्रकरण : गोरेको बयानका आधारमा तत्कालीन एमालेका स्थानीय नेता पक्राउ 

काठमाडौँ । साढे ३३ किलो सुन प्रकरणमा प्रहरीले तत्कालीन एमालेका मोरङका एक स्थानीय नेतालाई पक्राउ गरेको छ ।  प्रहरीले गएराती मोरङ उर्लावारीका रेवत आचार्यलाई पक्राउ गरेको हो । सुन प्रकरण र सनम

नेपाल कम्युनिष्ट पार्टीमा एमालेबाट ४२ केन्द्रीय सदस्य टुंगिए, को को परे ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमाले तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ ।  नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले

एमाले—माओवादी एकता : एउटा जुगको अन्त्य !

एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ   गायक रामकृष्ण दुलालले गाएको यो गीत मैले पटक–पटक सुनेको छु । यो गीत सुन्दा मलाई मात्र होइन, मेरै उमेरका तमाम नौजवान


z