• २०८१ बैशाख ८ शनिबार

पूर्वप्रेमी रणवीरको भाइले दीपिकालाई चुम्बन गरेको तस्बिर भाइरल

kharibot

बलिउड । भर्खरै सुटिंग सकिएको बलिउड फिल्म पद्मावती अहिले चर्चामा छ । सकारात्मक प्रतिक्रियापछि दीपिका पादुकोणले आफ्नो घरमा पार्टी राखेकी थिइन् । उनले बोलाएको पार्टीमा बलिउडका कैयौं कलाकारहरु सहभागी भएका थिए । तीमध्ये एक दीपिका का पुराना प्रेमी रणवीर कपुरका भाइ (काकाको छोरा) आदर जैन पनि थिए ।
पार्टीबाट निस्केपछि रणवीरका कजिन भाइ आदरले आफ्नो इन्स्टाग्राम अकाउण्टमा पार्टीको फोटो सेयर गरेका थिए । जुन तस्बिर अहिले भाइरल बनिरहेको छ । फोटोमा आदर दीपिकालाई चुम्बन गरिरहेका देखिन्छन् भने सँगै उनका भाइ अरमान जैन पनि उभिएका छन् ।  

दीपिकालाई चुम्बन गरेपछि आदर सामाजिक सञ्जालमा ट्रोल भएका छन् । साथै आदरले स्पष्टीकरण पनि दिएका छन्, ‘हामी कुनै पार्टीमा जान्छौ र त्यहाँ फोटो खिच्दा त्यसले के असर गर्छ । हो, धेरैजसो मानिसहरुको आफ्नो सोच हुन्छ । उनीहरु केही न केही त भनी हाल्छन् नि । तर, मलाई लाग्दैन कि फोटो मा केही गलत थियो । हामी खुसीको समयमा थियौ र पार्टी पद्मावतीको ट्रेलरको सफलतामा पार्टी गरिएको थियो । र मेरो सोचमा दीपिकाले यो धेरै समयमा  दिएको पार्टी हो । हामीले इन्जोय गर्यौँ ।"

आदरको फिल्म ‘कैदी ब्याण्ड’ यसै वर्ष रिलिज भएको हो । तर, फिल्म भने बक्स अफिसमा फ्लप भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै