नेपाल र युएईबीच श्रम सम्झौताको तयारी

खरीबोट
ad

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । 

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिए । 

उनले भने, ‘हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ ।’

युएईले पठाएको खाकाबारे श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिरहेको छ । गत महिना जोर्डनसँग भएको श्रम सम्झौताअनुरुपकै खाकामा युएईसँग पनि सम्झौताको तयारी भइरहेको छ । 

सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रियालगायतका विषय समावेश हुनेछ । युएईसँग हुने सम्झौतामा साधारण कामदारका साथै घरेलु कामदारको विषयमा समेत छुट्टै सम्झौता गर्ने तयारी भइरहेकोे प्रवक्ता आचार्यले जानकारी दिए । 

सम्झौतामा युएईमा रोजगारीका लागि जाने नेपाली कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था उल्लेख गरिने छ । सुरक्षित र मर्यादित श्रम तथा कामदारको हकअधिकारसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डलाई पालन गर्न सम्झौताले सहयोग पुग्नेछ । 

नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ । बहराइन, दक्षिण कोरिया, युएई र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
 

सम्बन्धित समाचार

आणविक सम्झौता रद्द गर्ने अमेरिकी नीति, आफु महाशक्ति हुने सपना -रुसी विदेश मन्त्रालय 

मस्को। रुससँग गरिएको ऐतिहासिक आणविक हतियारसम्बन्धी सन्धिबाट अलग हुने संयुक्तराज्य अमेरिकाको पहल विश्वमै एउटै मात्र ध्रुव हुने महाशक्ति हुने सपनाबाट अभिप्रेरित रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ ।  “यसको मुख्य उद्देश्य

ग्लोबल आइएमई बैंक र लेखनाथ सिटी हस्पिटलबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बंैक र पोखरा महानगरपालिका वडा नं. २६, बुढीबजार, कास्कीमा रहेको लेखनाथ सिटी हस्पिटल प्रा.लि.बीचमा बंैकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंककाकर्मचारी तथाकर्मचारीका परिवारले सो

धमाधम कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरणका कर्मचारी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखी ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन,

सेभ द चिल्ड्रेन र नेपाल मेडिसिटी अस्पतालबीच सेवा आदानप्रदानको सम्झौता 

काठमाडौं । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटीमा सोमबार सेभ द चिल्ड्रेन नेपाल र नेपाल मेडिसिटीबीच विशेष सम्झौता भएको छ ।   सेभ द चिल्ड्रेनकी डेपुटी कन्ट्री डाइरेक्टर बन्दना रिजाल र नेपाल मेडिसिटीका


z