पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउन शुरु

खरीबोट
ad

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ । 

डोजर, एक्साभेटर, लोडर र टिपरले जग्गा सम्याउने, माटो ओसार्नेलगायत काम गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । 

अहिले एक सयभन्दा बढी नेपाली कामदार विमानस्थलको निर्माणमा खटिएका छन् । कम्पनीका प्रमुख जेरी याङले यस वर्षको हिँउदयामभरी विमानस्थलको सबै जमिन सम्याउने र अर्को वर्षबाट टर्मिनल भवनको काम थाल्ने बताए । कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण सकेको छ । 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने ४२ वर्षदेखिको पोखरेलीको सपना हो । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको सो विमानस्थलको निर्माण सन् २०२० जुलाई सम्ममा सक्ने लक्ष्य राखिएको छ ।

विसं २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएको थियो । पछि थप ६२९ रोपनी जमिन अधिग्रहण गरिएको हो । चीनको एक्जिम बैंकको करिब रु २२ अर्बको ऋृण सहयोगमा विमानस्थल निर्माण गरिन लागिएको हो ।

सम्बन्धित समाचार

माथिल्लो अरुण स्वदेशी लगानीमा निर्माण हुने

काठमाडौँ । नेपाली जनताको लगानीमा करीब एक हजार मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  आयोजनाको संरचनाअनुसार कूल लगानीको ४९ प्रतिशत शेयर नेपाली नागरिकलाई प्रदान गर्ने गरी

कोरियाली द्वीपमा दिगो शान्तिको आशा, विश्वास निर्माणमा पहिलो कदम

काठमाडौं । महाशक्ति राष्ट्रहरु संयुक्तराज्य अमेरिका, चीन, बेलायत र तत्कालीन सोभियत संघ (रसिया)को सहमतिमा एउटै कोरिया बनाउने र स्वतन्त्र राष्ट्रको मान्यता दिने सम्झौता भए पनि अन्तिममा कोरिया विभाजन भएको इतिहासमा

पुनर्निर्माणको लागि थप आर्थिक स्रोत जुटाउन अन्तर्राष्ट्रिय पहल गरिने 

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएका संरचनाहरुको पुनर्निर्माणका लागि आवश्यक पर्ने थप आर्थिक स्रोतको व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय तहमा पहल

पुनःनिर्माण छिटो गर्नुपर्छ : मन्त्री अधिकारी

भक्तपुर /  संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्र अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन ।  आज पुरातत्व विभाग स्मारण संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले आज विश्व सम्पदा सूचीमा सूचीकृत