बीमाको सुचक एकैदिन एक सय १२ अंकले बढ्यो,  ७५ करोडको कारोवार 

खरीबोट
ad

काठमाडौ । नेप्से आज पुरै हरियो देखिएको छ । कुल १० वटा समुहको कारोवार भएकोमा सबै सुचक बढेपछि नेप्से पुरै हरियो भएको छ । आज नेप्से २५ दसमलव १४ अंकले बढेर १५ सय १६ दसमलव दुई चढेको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दसमलव ९२ अंकले बढेर तीन सय १८ दसमलव ९३ बिन्दुमा चढेको छ । एक सय ६५ कम्पनीहरुको सात हजार दुई सय ८५ वटा कारोवारमा १८ लाख ४७ हजार सात सय ५५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७५ करोड ११ लाख ६७ हजार एक रुपैयाँ पुगेको छ । 

बीमा समुहको सुचकमा आज सबैभन्दा उच्च बिन्दुले सुधार देखिएको छ । उक्त समुहको सुचक एक सय १२ दसमलव ७३ बढेर आठ हजार दुई सय २० दसमलव ८५ बिन्दुुमा चढेकोमा १४ करोड ३५ लाख १५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बाँणिज्य बैक समुहको सुचक पनि २१ दसमलव ६१ अंकले बढेर १२ सय ९४ दसमलव ४४ बिन्दुमा चढेकोमा २८ करोड एक लाख ९३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैंक समुहको सुचक २७ दसमलव ९५ अंकले बढेर १७ सय ९१ दसमलव ९० बिन्दुमा चढेकोमा तीन करोड ६२ लाख ७१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समुहको सुचक पनि ५५ दसमलव ३७ अंकले बढेर १९ सय ४३ दसमलव ४० बिन्दुमा चढेकोमा आठ करोड ९१ लाख ९५ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक आज ट्रेडिङ, फाईनान्स, लघुबित्त, अन्य, उत्पादनमुलक र होटल समुहको कारोवार सुचकपनि बढेकाछन । 

आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा परेको बिजय लघुबित्त बित्तीय संस्थाको सेयर मुल्य नौ रुपैयाँ ८३ पैसाले बढेर ११ सय २८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको  सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मुल्य पाँच रुपैयाँ ९७ पैसाले घटेर १४ सय ९५ रुपैयाँमा सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको चिलिमे हाईड्रो पावर कम्पनीको प्रतिकित्ता आठ सय ८४ रुपैयाँ अन्तिम मुल्यमा छ करोठ ६१ हजार सात सय ६२ रुपैयाँमा कारोवार भएको छ । यसैगरी प्रभु बैंकको संस्थापक सेयरतर्फ पनि आज एक सय ७२ रुपैयाँ अन्तिम मुल्यमा तीन करोड ४७ लाख रुपैयाँको सेयर कारोवार भएको छ । 

सम्बन्धित समाचार

एसियाली शेयर बजारमा भारी गिरावट

सिंगापुर। अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको शेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान,

आज पनि दोहोरो अङ्कले घट्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोवार दिन आईतबार नै सेयर बजार परिसुचक नकारात्मक देखिएको छ ।  परिसुचक आज १३ दशमलव एक अंकले घटेर १२ सय १४ दशमलव ३६ विन्दुमा झर्दा सेन्सिटिभ

नेप्सेमा रोकिएन गिरावट 

काठमाडौं। साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्सेको नेप्सेको घट्ने क्रमले निरन्तरता पाएको छ । आज नेप्से तीन दसमलव २३ अंकले घटेर १२ सय २७ दसमलव ३७ बिन्दुुमा झर्दा

सेयर बजारमा दोहोरो अंकले गिरावट, ९ समूहको गुम्यो

काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको सेयर बजार सूचक (नेप्से) आज १० दशमलव ७६ अंकले घटेर १२ सय ३० दशमलव


z