नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा : सभापति देउवा

खरीबोट
ad

नेपालगन्ज । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र हार्ने बताए । 

नेपाली काँग्रेस, बाँकेद्वारा आज यहाँ आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उनले भने, ‘काँग्रेसले सधैँ तानाशाहीलाई परास्त गरेको र यो निर्वाचनमा पनि आप्mनो पार्टी विजयी हुने निश्चित छ ।’

सभापति देउवाले ‘नेपाली जनता लोकतन्त्रका पक्षधर हुन्, कम्युनिष्ट व्यवस्था उनीहरु स्वीकार्दैनन्, त्यही मत यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिनेछ भने ।’ 

आप्mना आन्तरिक सबैखाले तीक्ततालाई बिर्सेर निर्वाचनमा एकजुट भई जनताको समर्थनमा वाम गठबन्धनलाई परास्त गर्नु नै अहिलेको पहिलो आवश्यकता हो, यसतर्फ काँग्रेसका कार्यकर्तालाई लाग्न उनले निर्देशन दिए । 

सहभागी कार्यकर्ताबाट टिकट वितरणमा मूल्याँकनलाई आधार नबनाएर आप्mना नजिककालाई टिकट दिइएको कुरा उठाएपछि सभापति देउवाले एकजनालाई दियो, अर्को रिसाउँछ, तर केही गल्ती भएको छ भने पार्टीले त्यसको समीक्षा गर्ने आश्वासन दिए । 

काँग्रेस जिल्ला सभापति किरण कोइरालाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा सहभागी कार्यकर्ताले दिन प्रतिदिन धरमराउँदै गएको पार्टी संगठनलाई जीवन्त बनाउन व्यवस्थापन पक्षलाई चुस्त बनाउनुपर्ने सुझाव दिए । 

सम्बन्धित समाचार

भुटान निर्वाचन : प्रारम्भिक चरणबाटै सत्ताधारी दल बाहिरियो  

थिम्पु, भुटान।  भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ ।  नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले

प्रतिनिधिसभाका समिति सभापतिहरूको निर्वाचन फेरी स्थगित

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिहरूको निर्वाचन फेरी स्थगित भएको छ । संघीय संसद सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै भदौ १७ गतेका लागि तय गरिएको समिति सभापतिहरूको निर्वाचन स्थगित भएको

प्रतिनिधिसभाका समितिका सभापतिको निर्वाचन सर्यो, भदौ १७ गते हुने 

काठमाडौँ। प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७

राष्ट्रियसभाका समितिको निर्वाचन सर्यो, अब भदौ १३ गते हुने 

काठमाडौँ। राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ ।  राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन