ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खरीबोट
ad

बेसीशहर ।ट्र्याक्टर दुर्घटना हुँदा यहाँ एकजनाको मृत्यु भएको छ । मस्र्याङदी गाउँपालिका–६, ठूलोबेसीमा आज दिउँसो भएको दुर्घटनामा सोही ट्र्याक्टरका चालक चितवन बैरेनी–२ का दीपक चौधरीको मृत्यु भएको हो । 

परीक्षणकै क्रममा रहेको नयाँ ट्र्याक्टर ङादी खोलाबाट ठूलोबेसीतर्फ बालुवा लिएर जाँदै गर्दा दुर्घटना भएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए । 

दुर्घटनापछि गम्भीर घाइते भएका चालक चौधरीको उपचारका क्रममा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

दुर्घटनामा स्कुटर चालकको मृत्यु

नवलपरासी। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।  गँैडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट

ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु

कावासोती /  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ चोरमारास्थित जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु भएको छ ।  आज बिहान लु१च ५४६५ नंको बोलेरो राजमार्गमा बिग्रिएर रोकिराखेको ग१ख ६७२८ नंको

कारको ठक्करबाट युवकको मृत्यु

उर्लाबारी, मोरङ। मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार साँझ कारको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१५च २०६३ नंको कारले विपरीत दिशाबाट आउँदै

सर्लाहीमा बस दुर्घटना–दुईको मृत्यु, २३ घाइते

सर्लाही। सर्लाही ब्रह्मपुरी गाउँपालिकामा शनिबार साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव