ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खरीबोट
ad

बेसीशहर ।ट्र्याक्टर दुर्घटना हुँदा यहाँ एकजनाको मृत्यु भएको छ । मस्र्याङदी गाउँपालिका–६, ठूलोबेसीमा आज दिउँसो भएको दुर्घटनामा सोही ट्र्याक्टरका चालक चितवन बैरेनी–२ का दीपक चौधरीको मृत्यु भएको हो । 

परीक्षणकै क्रममा रहेको नयाँ ट्र्याक्टर ङादी खोलाबाट ठूलोबेसीतर्फ बालुवा लिएर जाँदै गर्दा दुर्घटना भएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए । 

दुर्घटनापछि गम्भीर घाइते भएका चालक चौधरीको उपचारका क्रममा लमजुङ जिल्ला सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सिरहामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

सिरहा । सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प

तान्जानियामा डुंगा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता  

नैरोबी। तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् ।  तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका

कर्णाली राजमार्गमा जिप दुर्घटना

दुल्लु /  कर्णाली राजमार्गअन्तर्गतको दैलेख खण्डमा जिप दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् । जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको जिप कर्णाली राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये नौ यात्रु घाइते

नवलपरासी बस दुर्घटना हुँदा ३२ घाइते

कावासोती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।  काठमाडाँैदेखि दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै