अझै तीन प्रतिशत महिला गर्भमा छोरी भएकै कारण गर्भपतन गर्न चाहान्छन्

खरीबोट
ad

काठमाडौँ । नेपालमा ७१ प्रतिशत गर्भपतन परिवार नियोजनका रुपमा प्रयोग हुँदै आएको तथ्याङ्कले देखाएको छ । 

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले गएको पाँच वर्षभित्र गर्भपतन गराउनेमध्ये आधाभन्दा बढीले थप बच्चाको चाहना नभएकाले गर्भपतन गराएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

गत पाँच वर्षको अवधिमा गर्भवती भएका ८१ प्रतिशतले जीवित बच्चा जन्माए पनि नौ प्रतिशतले गर्भपतन गराएका थिए । गर्भ खेर गएको भन्ने नौ प्रतिशत थिए भने एक प्रतिशतले मरेको बच्चा जन्माएको तथ्याङ्कले देखाएको छ । 

तथ्याङ्कबारे जानकारी दिँदै डा शरद शर्माले सबैभन्दा बढी गर्भपतन गराउनेमा ३५ देखि ४९ वर्ष उमेरका २७ प्रतिशत महिला छन् । सम्पन्न परिवारका १६ प्रतिशत महिला गर्भपतन गराउनेछन् ।

उनले पाँचौँ वा सोभन्दा बढी गर्भ धारण गरेकामध्ये २१ प्रतिशतले गर्भपतन गराउने गरेका, पहिलो पटक गर्भधारण गरेकामध्ये दुई प्रतिशतले गर्भपतन गराउने गरेको जानकारी दिए । महत्वपूर्ण कुरा त के भने अझै पनि तीन प्रतिशत महिला गर्भमा छोरी भए गर्भपतन गर्न सकिन्छ भन्ने सोच्छन् भन्ने तथ्याङ्कले बोलेको छ । 

केही समयपछि बच्चा जन्माउन भन्दै गर्भपतन गराउने १२ प्रतिशत र नौ प्रतिशत महिलाले ढिलो गरी बच्चा जन्माउन गर्भपतन गराएको सर्वेक्षणमा पाइएको छ । यसले के देखाउँछ भने अझै पनि नेपालमा परिवार नियोजनको साधन प्रयोग गरेर परिवार व्यवस्थापन प्रणाली स्थापित भएको छैन । 

उक्त सर्वेक्षणले आधुनिक परिवार नियोजनको साधन प्रयोग गर्ने ५३ प्रतिशत मात्र छन् । नेपालले गर्भपतनलाई कानुनी मान्यता दिएपछि गर्भपतनलाई परिवार नियोजनकै रुपमा लिने र अत्यधिक गर्भपतन गराउनेको सङ्ख्या बढेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ अचला वैद्यले बताइन् ।

हरेक पाँच वर्षको अन्तरमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण गर्दै आएको छ । सन् २०१६ को तथ्याङ्क सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । 

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू एराले गरेको सर्वेक्षण २०१६ को जूनदेखि जनवरी २०१७ सम्म गरिएको थियो । सन् १९९६ बाट शुरु गरिएको सर्वेक्षण यो पाँचौँ पटक गरिएको हो ।

सम्बन्धित समाचार

असुरक्षित गर्भपतन गराउनेको संख्यामा वृद्धि

काठमाडौँ । पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन् । पछिल्लो तथ्याङ्कननुसार

सिन्धुलीमा सुरक्षित गर्भपतनबारे अन्तर्क्रिया कार्यक्रम 

सिन्धुली । जिल्लामा  सुरक्षित गर्भपतनको लागि सञ्चारमाध्यमको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ  ।  ग्रामीण महिला संजाल नेपाल रुओनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा  सुरक्षित  गर्भपतन, नेपालमा गर्भपतनको अवस्था र सुरक्षित

अर्जेन्टिनाको सिनेटले गर्भपतन कानुन पारित गरेन

ब्युनस आयर्स। अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ ।  यो असफलतासँगै अर्जेन्टिनाका महिला अधिकारवादीहरु निराश भएको

मातृत्व रक्षाका लागि सुरक्षित गर्भपतन

काठमाडौँ / पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बाध्यात्मकरुपमा महिलाले गर्भधारण गर्नुपर्ने अवस्थाको अन्त्यका लागि संविधानमा गर्भपतनलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको बताए ।  महिला, कानून र विकास मञ्चले यहाँ आज आयोजना गरेको अन्तक्र्रियमा उनले


z