माथिल्लो कर्णालीको सम्झौता म्याद थप गर्ने सरकारको निर्णय खारेज गर्न माग

खरीबोट

फाइल फोटो ।

ad

काठमाडौँ । माथिल्लो कर्णाली बचाऔं राष्ट्रिय अभियान केन्द्रिय समितिले सरकारले जिएमआरसँगको सम्झौताको म्याद बढाएकोमा कडा विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गरेको छ ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा समितिले रु ७० अर्वमा निर्माण परियोजना सम्पन्न हुने उक्त परियोजनालाई बढाएर रु १६५ अर्व पुर्याएर रु ८५ अर्व संस्थागत भ्रष्टाचार भएको आरोप लगाइयो ।

समितिले उक्त सम्झौताको म्याद एक वर्ष थप गरेर सरकारले गम्भीर गल्ती गरेको बताइयो । प्राडा सुरेन्द्र केसीले नेपालको विकासको आधार जलश्रोत भए पनि विसं २००७ सालदेखि नै कोशी, गण्डकी, टनकपुरजस्ता ठुलठुला नदी भारतलाई सुम्पिएर नेपालको आर्थिक विकासको ढोका बन्द गरिएको विचार व्यक्त गरे ।

माथिल्लो कर्णाली बचाउ अभियानका अभियन्ता रतन भण्डारी, अधिवक्ता पदम रोका, बरिष्ठ पत्रकार गोविन्द सिंह थापाले नेपालको संविधानको धारा ५१ मा प्राकृतिक स्रोत र साधनलाई न्यायोचित वितरण गर्ने तथा देशको हित अनुकुल संरक्षण गर्ने तथा जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्रोत्साहन गर्नुपर्ने स्पष्ट उल्लेख भए पनि सरकारले माथिल्लो कर्णालीलाई जालसाजीको आधारमा सम्झौता गरेर निर्णय गरेको बताए ।

नेकपा माओवादी क्रान्तिकारीका नेता सिताराम तामाङले सरकारले हिजो सम्झौताको म्याद एक वर्ष थप गर्ने गरेको निर्णयको विरोध गर्दै उक्त निर्णय तत्काल खारेज गर्नुपर्नेमा जोड दिए ।  

सम्बन्धित समाचार

कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माण सम्भव : ऊर्जामन्त्री पुन

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको पर्याप्त सम्भावना रहेको बताएका छन् ।  सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको वैठकमा मन्त्री

सबै नेपालीलाई शेयरः तीन हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्दै सरकार

काठमाडौँ /  सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ तीन हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ ।  ‘नेपालको पानी, जनताको लगानी’ मूल

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा सिंह

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह ४६६ मत ल्याएर विजयी भएका छन् । उनीका निकटतम प्रतिद्वन्द्वी यक्षध्वज कार्कीले ३५३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बाबुराम दाहालले जानकारी

कञ्चनपुरमा दर्जन बढी अवैध संरचना निर्माण

कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा मिचेर अवैध संरचना निर्माणको कार्य हुन थालेको छ । नगर विकास समितिको जग्गामा एक महीनाको अवधिमै दर्जनभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन्