• २०८१ बैशाख ८ शनिबार

जिल्ला समन्वय समितिको निर्वाचनमा १४ जना उम्मेदवार

kharibot

महेन्द्रनगर । धनुषा जिल्ला समन्यव समितिको नेतृत्वका लागि हुने निर्वाचनमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

सो समितिको नौजना सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । 

समितिको सभापतिमा दुई, उपसभापतिमा एक, महिला सदस्यमा पाँच, दलित तथा अल्पसङ्ख्यमा दुई र सदस्यमा चार जनाले उम्मेदवारी दर्ता गराएको उहाँले बताए । 

सभापतिमा नेपाली काँग्रेसबाट रामदेव बनरैत यादव र एमालेबाट वृहीबहादुर तुलाङगीले उम्मेदवारी दिएका छन् भने उपसभापतिमा राजपाबाट एक मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । राजपाले उपसभापतिमा जनकपुर उपमहानगरपालिका–४ का वडा सदस्यमा निर्वाचित दीपक झालाई उम्मेदवार बनाएको हो । 

काँग्रेसले सभापतिसहित चारवटा पदमा उम्मेदवारी दिएको सभापतिका उम्मेदवार रामदेव बनरैत यादवले जानकारी दिए । उनले राजपा उपसभापतिसहित तीन र संघीय समाजावादी फोरमलाई दुई गरी पाँच पदमा दिने सहमति भएको बताए । 

त्यस्तै, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले सभापतिसहित पाँचवटा पदमा उम्मेदवारी दिएको एमाले नेता हरिनारायण महतोले जानकारी दिए । मधेशवादीसँग चुनावी तालमेल गर्ने हिसाबले अन्य सिटमा उम्मेदवारी नदिएको उनले स्पष्ट पारे । 

जिल्लाका १८ वटै स्थानीय तहका प्रमुख ÷उपप्रमुख तथा अध्यक्ष ÷उपाध्यक्ष गरी ३६ जना मतदाता रहेका छन् । सो अनुसार काँग्रेस १५, राजपा चार, संघीय फोरम तीन र वाम गठबन्धनसँग १४ वटा मत रहेको छ । समन्वय समिति कार्य समितिका लागि अगामी ३० गते मतदान हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै