• २०८१ बैशाख ६ बिहीबार

घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान आचार्य पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई गरेको छ । 

सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण, कारकाँदो नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी जवान आचार्यलाई भन्सारबाट सामान छुटाइदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ ।

पक्राउ परेका आचार्यलाई आयोगले आज सार्वजनिक गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै