• २०८१ बैशाख ७ शुक्रबार

पाटन औधोगिक क्षेत्रमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

kharibot

ललितपुर । पाटन औधोगिक क्षेत्रमा भीषण आगलागी भएको छ । बेलुकी ६ बजे ढलौट कारखानाबाट सुरु भएको आगोले आसपासका अरु उद्योगमा पनि क्षति पुगेको छ प्रहरी जानकारी दिएको छ ।

दमकल ढिलो आएको, पानी नभएको र रात पनि परेकाले आगो निभाउन कठिन भएको छ । अहिले दमकलको सहयोगले आगो निभाउने काम भैरहेको ललितपुर प्रहरीले जनाएको छ । अहिले आगो निभाउने प्रयास भइरहेको जनाइएको छ ।

काठमाडौँको केन्द्रमा पनि आगो लाग्ने वित्तीकै दमकल पुग्न नसक्दा आगो शुरु भएको ढलौट कारखानाबाट अरु कारखानामा सहजै लागेको बताइएको छ । आगो साँझपख लागेकाले बढी फैलिएको प्रहरीले जनाएको छ ।

हाल नेपाली सेना, सस्शत्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाहरुको सक्रियतामा आगो निभाउने काम भैरहेको ललितपुर प्रहरीका असई तिलक कार्कीले खरीबोटलाई बताए । आगो निभाउन पानीको समस्या आएकाले पनि समयमा नियन्त्रण गर्न नसकेको असई कार्कीले बताए  । आगलागीको क्षति बारे अझै यकिन हुन् सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै