• २०८१ बैशाख ८ शनिबार

सरकारी छाप नक्कली बनाउने बंगलादेशी पक्राउ

kharibot

काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । 

ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कात्तिक २४ गते कामनपा–२६ मित्रनगरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । 

प्रहरीले सान्तनासँग मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोको राहदानी, नेपाल अध्यागमन कार्यालय अराइभल÷डिपार्चरको रवर स्टाम्प, बंगलादेशी राजदूतावास, काठमाडौँको रबर स्टाम्पलगायतका सामग्रीसहित बरामद गरेको छ । 

सान्तनालाई काठमाडौँ जिल्ला अदालतबाट सरकारी छाप दस्तखत तथा कीर्ते अपराध मुद्दामा म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै