• २०८१ बैशाख ७ शुक्रबार

अब चकलेटले गर्छ लिपिष्टिकको काम 

kharibot

काठमाडौँ । महिलाहरुको अनुहारको सौन्दर्यको सामाग्री मध्येको एक लिपस्टीक हो । लिपस्टीक लगाएर ओठलाई सुन्दर बनाउन काम सकिन्छ ।

जुन चिज बनाउदा प्लाष्टिकका सामाग्री देखी काँचका साना साना टुक्रासम्म प्रयोग हुने गरेको सुन्दै आएका छौं । जुनकुरा प्रयोग गर्दा महिलाहरुले ओठमा लगाए पछि त्यो कतिपय बेला दाँतमा लाग्ने गर्दछ । र दाँतमा लागेपछि पेटमा जान्छ । र त्यसले शरिरलाई पनि असर गर्दछ । तर, अब ओठको लिपस्टिक दाँतमा लागे पनि चिन्ता छैन् । किनकी अब बजारमा तपाईले खाए पनि असर नगर्ने लिपस्टिक आएको छ ।

अमेरीकाको टेक्ससमा रहेको आस्टिन वेस्ट म्यागी लुइस कन्फेक्शन्स रीड मा ई लीपस्टिक नामबाट यस्तो स्वादिष्ट चकलेट बनाएको छ । जसलाई खान पनि सकिन्छ । र लिपस्टिक जसरी नै ओठमा रंगाउनका लागि प्रयोग पनि गर्न सकिन्छ । तपाईले यदि लगाउन चाहानुहुन्छ भने मिल्क, गोल्ड र ह्वाइट (पर्ल) र वाइटचकलेट बाट  कुनै पनि एक चकलेट छान्न सक्नुहुनछ । हरेक चकलेटको सेट्समा अलग अलग किसीमका लिपस्टिक राखिएका छन् । 

म्याग्गी लुइस कान्फेक्शनर्स यस्तो प्रगतीशिल चकलेट बनाउनमा बढी प्रचलीत छ । यस्तो फ्लेवर जो, भेनेजुएलाको प्रीमियम इल रे र रिपब्लिका डेल काकाओको सिंगल ओरिजीन प्रीमियम चकलेटबाट बनेका यि लिपस्टिक तपाई आफ्नो ओठलाई रंगाउन र पछि खान पनि सक्नुहुन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै