रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या

खरीबोट
ad

बुटवल ।  शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गाैलामा समस्या देखिएको पाइएको छ । 

खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाको माध्यमबाट बाहिरिने हुँदा शरीरमा पानीको मात्रा कम भएर मिर्गाैलामा संक्रमण देखिएको हो । 

स्वास्थ्य मन्त्रालय र नेपाल किड्नी फाउण्डेशन, काठमाडौँको आयोजना र ब्रिज अफ लाइफ, अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गाैला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिमा मिर्गाैलामा समस्या देखिएको फाउण्डेशनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिए । 

खासगरी किसान केन्द्रित यो शिविरमा लक्षित वर्गमा मुख्यतया जनचेतनाको मुख्य समस्या रहेको उहाँले बताउनुभयो । यसमध्ये पनि अधिकांस ५० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिमा मिर्गौलामा समस्या देखिएको छ । 

ग्रामीण क्षेत्रका सर्वसाधारणमा मिर्गौला स्वस्थ राख्नुपर्ने विषयमा जनचेतनाको अभावसँगै मानिसको दैनिक खानपिन र बानी व्यहोरामा सुधार नहुनु र अनावश्यक तनावजस्ता कारणले उच्च रक्तचाप र मधुमेहको समस्या धेरैमा देखिएको डा बस्नेतले बताउनुभयो । उच्च रक्तचाप र मधुमेहको समस्या भएका अधिकांश बिरामीको मिर्गौलामा संक्रमण देखिएको समेत उनले बताए । 

उनले मानिसले मिर्गौला स्वस्थ राख्न पानी तथा झोल पदार्थ बढी पिउने, खानपानमा ध्यान दिने र नियमित रक्तचाप, मधुमेह र मिर्गौलाको परीक्षण गराउनु जरुरी रहेको समेत बताए । 

सर्वसाधारणलाई मिर्गौलाको निःशुल्क परीक्षणसँगै मिर्गौला स्वस्थ राख्न जनचेतना जगाउने उद्देश्यले नेपाल किड्नी फाउण्डेशनले देशका ग्रामीण क्षेत्रमा यस किसिमले निःशुल्क शिविर सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिए  । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ र १४ को नयाँगाउँमा दुई दिन र तिलोत्तमा नगरपालिकाको कोटिहवामा दुई दिन यो निःशुल्क शिविर सञ्चालन गरिएको छ । 

उनले रुपन्देहीका तीन स्थानमा सञ्चालन गरिएका शिविरबाट झण्डै एक हजार २०० जनाले निःशुल्क सेवा प्राप्त गरेको र यसक्रममा बिरामीलाई रोगअनुसारको निःशुल्क औषधिसमेत वितरण गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार

मिर्गौलालाई विभिन्न रोग र पत्थरीबाट बचाउन के गर्ने ?

मिर्गौलालाई स्वस्थ राख्न प्रशस्त पानी पिउनुपर्छ ।  चिनी र नुन धेरै खानु ठीक होइन ।  खानामा क्याल्सियम र प्रोटिनयुक्त तत्त्व अनिवार्य हुनुपर्छ ।  अहिले मिर्गौलाको समस्या विश्वव्यापी रूपमा फैलिरहेको छ । मिर्गौलाको पत्थरी,

गैरकानूनी मिर्गौला प्रत्यारोपण गरिएका बस्नेत कारागार चलान

भक्तपुर । गैरकानूनी तरिकाले मिर्गौला प्रत्यारोपण गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुक्रबार साँझ भक्तपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।  अदालतले मोरङ कानेपोखरी गाउँपालिका वडा नं १ स्थायी घर

मिर्गौला रोगीलाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भक्तपुर शाखाले यही जेठ ११ गते शुक्रबारका दिन काभे्र

चार सय २५ बिरामीको मिर्गौला प्रत्यारोपण

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले ४२५ जना बिरामीको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ ।  आज केन्द्रले आयोजना गरेको छैटौँ वार्षिकोत्सव समारोहमा यसबारे जानकारी दिँदै