• २०८१ बैशाख ४ मंगलबार

सलमान खानको मुस्किल फेरी बढ्यो, हिट एण्ड रन केसको सुनवाई सर्वोच्चले गर्ने 

kharibot

मुम्बई । बलिवुड सुपरस्टार सलमान खान हिट एण्ड रन केसमा फेरी घेरिएका छन् । सन् २००२ मा भएको सो घटनाले अहिले १५ बर्षपछि पनि सलमानलाई छोडेको छैन ।

भारतीय मिडिया रिपोर्टका अनुसार अबको तीन महिना पछि सलमान खानविरुद्ध दायर भएको अपिलको भारतीय सर्वोच्च अदालतले सुनुवाई गर्ने भएको छ । 

महाराष्ट्र सरकारको अपिल अनुसार सर्वोच्च अदालतले सो अपिलमा सुनुवाई गर्ने भएको हो । गत डिसेम्बरमा बम्बे हाइकोर्टले सलमानलाई निर्दोष रहेको फैसला गरेपछि महाराष्ट्र सरकारले सर्वोच्चमा सो फैसला विरुद्ध अपिल गरेको थियो ।  सो अपिल अनुसार गत फेब्रुअरीमा सलमान खानलाई सर्वोच्चले आफ्नो पक्ष राख्न अनुरोध गरेको थियो । 

सन् २००२ मा मुम्बई स्थित बान्द्रामा भएको सो घटनामा एक जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । यस घटनामा सलमान खानलाई ५ बर्षको जेल सजाय सुनाए पनि प्रमाण नपुगेको भन्दै अदालतले आरोप मुक्त गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै