मलेसियामा एक नेपालीको मृत्यु

खरीबोट
ad

राजविराज । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । 

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । 

वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक चौधरीका भान्जा पर्ने बिटुकुमार मिश्रले जानकारी दिए । 

दुई वर्ष अगाडि वैदेशिक रोजगारीका क्रममा चौधरी मलेसिया पुगेका थिए ।  अन्जनीको मृत्युको खबरले अहिले सिंगो तिलाठी गाउँका युवा शोकमग्न भएका छन् । 

यता मृतकको शव मलेसियाबाट चाँडो नेपाल फर्काइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनका परिवार जनले आग्रह गरेका छन् । योसँगै वैदेशिक रोजगारीका क्रममा जानथाले देखि सप्तरीबाट विदेशमा ज्यान गुमाएका युवाको संख्या २९ पुगेको बताइएको छ । 

सम्बन्धित समाचार

मलेसियामा विषाक्त मदिराले थप एकको मृत्यु, मृतक नेपालीको सङ्ख्या सात पुग्यो 

काठमाडौँ। विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । यससँगै मलेसियाको सेलाङ्गोर राज्य र

मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ

क्वालालम्पुर। मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ ।  राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । नाजिब

मलेसियामा विषाक्त रक्सीबाट ज्यान गुमाउनेहरुको पहिचान, प्रक्रिया पुर्याएर नेपाल ल्याउने तयारी (अपडेट)

मलेसिया। मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीहरुको पहिचान भएको छ।  पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ

मलेसियामा एक नेपालीको मृत्यु

  बैतडी। सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् ।  कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका