• २०८१ बैशाख ७ शुक्रबार

पाटन औद्योगिक क्षेत्रमा भएको आगलागी करिब १६ घण्टापछि नियन्त्रणमा

kharibot

काठमाडौं ।  ललितपुरको पाटन औद्योगिक क्षेत्रमा लागेको आगो करिब १६ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीका कारण दुई वटा उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्लाष्टिकमा लागेको आगो र त्यसमा भएको केमिकलका कारण आगो निभाउन समस्या भएको थियो । आगो निभाउन काठमाडौं, भक्तपुर र ललितपुर तीनै जिल्लाका दमकल खटाइएको थियो । यस्तै सेना, प्रहरी तथा सशस्त्र प्रहरीको दमकल प्रयोग भएको थियो ।

यस्तै आगो निभाउन निजी ट्यांकर, नागरिक उड्डयन प्राधिकरणको पनि सहयोग लिइएको थियो । अहिले पनि आगो पुर्णरुपमा नानिभेकोले निजी ट्याङरबाट पनि पानी ओसार्ने र छ्याप्ने काम भइरहेको छ । मंगलबार बेलुका ६ बजेतिर लागेको आगोले करौडौको क्षति गरेको छ । आगो निभाउन १० भन्दा बढी दमकलको प्रयोग भएको पनि प्रहरीले जनाएको छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै