काठमाडौँ महानगरले यान्त्रिक कुचो किन्न बोलपत्र प्रक्रिया पुन अगाडि बढाउने

खरीबोट
ad

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छैन । 

काठमाडौँ महानगरपालिकाले तत्काल बु्रमर (यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले बु्रमरका लागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्र आव्हान गर्नुपर्ने अवस्था आएकाले तत्काललाई उक्त यन्त्र खरिद गर्न नसकिने बताए । 

उक्त यन्त्र ल्याउनका लागि पुनःबोलपत्रको प्रक्रिया अघि बढिसकेको बताइएको छ । प्रमुख शाक्यले कामपाको वातावरण विभागलाई निर्देशन दिँदै भने, “सफा गर्दा सडक छेउमा रहेको कागजको टुक्रा टिप्ने काम मात्र नगरी सबै स्थानमा धुलोसमेत सफा गर्न आवश्यक छ ।” 

यसैबीच कामपाले एक हप्ताभित्र सक्ने गरी त्रिपुरेश्वर, सुनधारा, नयाँ सडक, रत्नपार्कलगायत स्थानका सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली जग्गामा हरियाली बनाउन रुखबिरुवा रोप्ने काम तीव्र रुपमा अघि बढिरहेको सहप्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा नयाँ निर्माण र दोस्रो चरणमा निर्माण भइसकेका स्थानमा मर्मत गरिने छ ।
 

सम्बन्धित समाचार

काठमाडौँ महानगरको २६ नम्बर वडाले एक वर्षमा ६० वटा आयोजना सम्पन्न

काठमाडौँ / काठमाडौँ महानगरपालिका २६ नम्बर वडाले चालु आर्थिक वर्षमा ६० वटा आयोजना सम्पन्न गरेको छ ।  लैनचौरमा आज आयोजित ‘सार्वजनिक सुनुवाइ एवं ज्येष्ठ नागरिक सम्मान तथा भत्ता वितरण’ कार्यक्रममा उक्त

काठमाडौँ महानगरपालिकाद्वारा १३ अर्बको बजेट सार्वजनिक 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बार्षिक बजेट सार्वजनिक गरेको छ । आज भएको तेस्रो नगर अधिवेशनमा १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट सार्वजनिक गरिएको छ

जनप्रतिनिधि फलोअप : काठमाडौँ महानगरपालिका वडा नम्बर २, प्रमुख समस्या टुकुचा खोला 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ३२ वडा मध्येको मझौला वडाको रुपमा  काठमाडौँ महानगरपालि का वडा नम्बर दुई रहेको छ ।   होटल एभेस्टडोर, सांग्रिला होटलभन्दा तल, टंगाल गणेशको अर्को साइड  ,  राजदरबारको

पैदलमार्गमा राखिने सबै पसल हटाउँदै काठमाडौँ महानगर

काठमाडौँ /  काठमाडौँ महानगरपालिकाले सडक छेउछाउमा राखिने सबै पैदलमार्गका (फुटपाथ) पसल हटाउन शुरु गरेको छ ।  रत्नपार्कबाट हटाउन शुरु गरिएको पसल केही दिनमा सबै स्थानबाट हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए