मोरङमा - ५ मा कांग्रेस, वाम र संघीय समाजवादीबीच त्रिकोणात्मक प्रतिस्पर्धा

खरीबोट
ad

विराटनगर / निर्वाचनको तिथि नजकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ ।

छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् ।

यस क्षेत्रमा सबैभन्दा बढी मधेशी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले संविधान संशोधनका विषयलाई प्रसार–प्रचारको मुख्य आधार बनाएर मतदातालाई आकर्षित पार्न तल्लीन देखिन्छन् । मोरङको राजनीतिमा राम्रो पकड राखेका युवा उम्मेदवारका साथै पञ्चायतको स्थापनाकालदेखि नै मोरङको राजनीतिमा सक्रिय रहनुभएका वृद्ध उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा रहनुभएकाले निर्वाचन बढी रोचक हुने देखिएको छ ।

विसं २०६४ को संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उपेन्द्र यादव नेपाली काँग्रेसका उम्मेदवार अमृतकुमार अर्यालबाट पराजित भएका थिए । त्यसपछि यो क्षेत्रको चर्चा राष्ट्रव्यापी रुपमा भएको थियो ।

उपेन्द्र यादव मोरङबाट उम्मेदवारी मनोनयन नगरेको विषय पनि सर्वसाधारण मतदाताको बीचमा चर्चा परिचर्चा भइरहेका छन् । २०७० सालको निर्वाचनमा मोरङमा नौवटा संसदीय क्षेत्र थियो तर २०७४ सालको निर्वाचनमा मोरङ अब ६ वटा संसदीय क्षेत्रमा मात्र सीमित भएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं ४ बाट नेकपा (माओवादी केन्द्र)बाट शिवकुमार मण्डल विजयी भएका थिए । उनी पुनः मोरङबाट निर्वाचित हुनका लागि वाम गठबन्धनका तर्फबाट क्षेत्र नं ५ बाट उठेका छन् । यसका साथै संघीय समाजवादी फोरम नेपालबाट राजकुमार यादव पनि चुनावी मैदानमा छन् । उनी पार्टीको जिल्ला अध्यक्षसमेत हुन् ।

नेपाली काँग्रेसबाट अमृतकुमार अर्याल, वाम गठबन्धनबाट शिवकुमार मण्डल र संघीय समाजवादी फोरमबाट राजकुमार यादवबीच त्रिकोणात्मक संघर्ष हुने प्रबल सम्भावना देखिएको भए पनि मोरङको राजनीतिको पुरानो खेलाडी ७४ वर्षीय बद्रीप्रसाद मण्डल राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार भएकाले निर्वाचन रोचक बनेको छ । यसका साथै सातजना उम्मेदवार रहेको सो क्षेत्रबाट देशभक्त जनगणतान्त्रिक मोर्चाबाट अमोद इमजन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बाट कुर्वान मियाँ र स्वतन्त्र उम्मेदवारका रुपमा अनिताकुमारी ढकाल छिन् । उनीहरु पनि चुनावी मैदानमा जोडतोडका साथ प्रचारप्रसार जुटेका छन् ।

यस क्षेत्रमा कुल ८९ हजार २८७ मतदाता छन् ।

सम्बन्धित समाचार

कोशी अञ्चल अस्पताल स्वायत्त बन्ने

मोरङ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चालीस वर्षअघि निर्माण भएको सो अस्पताल तत्कालीन आवश्यकतालाई पूरा गर्न बनाइएको

मोरङमा एचआइभी संक्रमितलाई उपचार खर्च

मोरङ । मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रू. १० हजार उपचार खर्च उपलब्ध गराउने

मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ /  मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।  उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ज९प ७८१८

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

विराटनगर / नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ ।  यो घोषणा गरेको समयमा