कालिकोटका बासिन्दा भन्छन् — बस भाडा नै नउब्रिएछि किन जाने भोट हाल्न

खरीबोट
ad

चरिकोट । न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालिकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिए । 

तपार्इंले बोकेको केहो? भन्दा उनले जवाफ दिए, ‘यो झिल्के हो ।’ त्यसको विक्री मूल्य सोध्दा रू दुईहजार ५०० पर्छ भन्दै गफिन खाजे । उनीजस्तै कालिकोटबाटै आएका उनका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाँडोको समयमा आवश्यक पर्ने सामान बिक्रीका लागि गाउँ र टोलमा घुमीरहेको बुढाले बताए । 

दैनिकबारे सोध्दा उनले यसरी भने, हामी दोलखा आएको धेरै भयो, पैसा कमाइन्छ की भनेर हामीले पनि सामान किनेर बेच्न ल्याएका हौँ तर खासै बिक्री भएको छैन । बुढाले जाडोमा प्रयोगमा आउने सामान डुलाउँदा पनि बिक्री हुन नसकेकामा चिन्ता व्यक्त गरे । 

‘हामी सामान्य होटलमा बसेका छौँँ १० दिनको एक हजार रुपैयाँ तिर्छौ । बुढालाई व्यापार भए चुनावमा घर गई भोट हाल्ने रहर पनि छ तर सामान थुप्रै मात्रामा बिक्री हुन बाँकी छ , यो निर्वाचनमा भोट हाल्न जाने की नजाने दोधारमा थियौँ हामी चारैजना,’ उनले दुःखेसो पोख्दै भने, गाउँ नजाने भइयो।’ उनलाई जिल्लामा निर्वाचनमा कोको उठेका छन् भन्ने पनि थाहा छ रे । 

बुडा भने, हाम्रो जिल्ला कालिकोटबाट नेपाली काँग्रेसबाट भुपेन्द्रजंग शाही, नेकपा माओवादी केन्द्रबाट उज्ज्वल रावत, नेकपा एमालेबाट कुर्म शाही उम्मेदवार भएका छन् तर कुनै उम्मेदवारले पनि भोट माग्न आएका छैनन् हाम्रो दुःख हामीसँगै छ । भोट हालेर के हुन्छ र? यो पटक गाडी भाडा नै नहुने भएपछि भोट हाल्न नजाने बुढाको भनाइ छ । 

बुढा निरासिँदै भने, ‘नेताले विकास गर्दे र हाम्रो जिल्लाको विकास भए हाम्रा छोराछोरी तथा नातीनातिनीलाई राम्रो हुने थियो तर अहिले जिल्लाको विकास भन्दा आफ्नै परिवार र नातागोताको मात्रै विकास गर्छन् नेताले । ’

दुर्गम कालिकोटबाट यहाँ हरेक वर्ष ज्याकेट, सिरक, ओछ्याउने, बिछ्याउने, तन्नाजस्ता कपडाका सामग्री बोकेर जुम्ला, कालिकोट लगायतका व्यापारी यहाँ आउछन् । 

उनी जस्तै कालिकोटके अर्का व्यापारी लक्ष्मी अधिकारी भन्छन्, ‘हाम्रो परिवार चुनावले पालिदैन, हामो जीविका पनि छ, नेतालाई भोटको चिन्ता, हामी गरिबलाई नोटको चिन्ता, त्यसैले हामीलाई चुनाव भन्दा हाम्रो परिवार पाल्न सकस छ, हामी सायद भोट हाल्न कालिकोट जाँदैनौँ ।’

उनी भन्छन्, ‘नेता चुनावको समयमा अनेकथरी गरिदिने आश्वासन त दिन्छन् तर निर्वाचन सकिएपछि केही पनि गर्दैनन् त्यसैले किन भोट हाल्न जानु ।’

सम्बन्धित समाचार

संसद्मा विषयगत समितिको सभापति चयनका लागि निर्वाचन हुँदै

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदै छ । यसअघि दुईपटक निर्वाचन

भुटान निर्वाचन : प्रारम्भिक चरणबाटै सत्ताधारी दल बाहिरियो  

थिम्पु, भुटान।  भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ ।  नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले

प्रतिनिधिसभाका समिति सभापतिहरूको निर्वाचन फेरी स्थगित

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिहरूको निर्वाचन फेरी स्थगित भएको छ । संघीय संसद सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै भदौ १७ गतेका लागि तय गरिएको समिति सभापतिहरूको निर्वाचन स्थगित भएको

प्रतिनिधिसभाका समितिका सभापतिको निर्वाचन सर्यो, भदौ १७ गते हुने 

काठमाडौँ। प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ।  प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७