• २०८१ बैशाख ७ शुक्रबार

नासाले आणविक शक्तियुक्त रकेट इन्जिनको परीक्षण यही महिनामा सुरु गर्ने

kharibot

उत्तर अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले बहुप्रतीक्षित आणविक रकेट इन्जिनको परीक्षण यही वर्ष गर्ने भएको छ ।

युरेनियम रियाक्टर प्रयोग हुने र दोब्बर किलोपावर शक्तिशाली क्षमतायुक्त इन्जिनको सहायताले नासाले मंगलग्रहको सतहमा मानव पुर्याउने महत्वाकांक्षा लिएको छ । किलोपावर प्रोजेक्टको लागि नासाको अन्तरिक्ष प्रविधि मिसन निर्देशनालय (एसटीएमडी)ले धेरै वर्ष लगाएको छ । उक्त इन्जिनले १० किलोवाटको विद्युतीय शक्ति निरन्तर १० वा सोभन्दा धेरै वर्षसम्म प्रवाह गर्नेछ ।  

नासाले यसको परीक्षण यही नोभेम्बरमा गर्ने तयारी गरेको हो । यो परीक्षण नयाँ वर्षको सुरुवाती महिनासम्म निरन्तर हुनेछ । यसका लागि नासाले अमेरिकाको ऊर्जाविभागसँग सहकार्य गरेको जनाएको छ । यसबाट अन्तरिक्ष उडान विकासमा प्रविधिको प्रयोग गर्न यसले सघाउ पुर्याउने नासाले जनाएको छ ।

परीक्षणका क्रममा नासाका विज्ञहरुले हार्डवेयरले काम गरे नगरेको विश्लेषण गर्नेछन् । नासालाई टेन्निसीको ओक रिजमामा रहेको द वाई१२ नेशनल सेक्युरिटी कम्प्लेक्सले परीक्षणका लागि रियाक्टर उपलब्ध गराएको हो ।

यदि यो सफल भए यो इन्जिनले मंगलमिसनका लागि गेम चेन्जरको भूमिका खेल्नेछ भने मिसनका क्रममा दिन र रातमा समेत मज्जाले इन्जिनले काम गर्नेछ ।

नासाले सन् २०१८ मा मंगलग्रहमा मान्छे उतार्ने मिसनलाई अघि बढाइरहेको सन्दर्भमा यो परीक्षण सफल भए मिसनै सफल हुनसक्नेछ ।

  • डेली मेलबाट भावानुदित ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै