• २०८१ बैशाख ६ बिहीबार

गोरखामा बाबुराममाथि खनिए प्रचण्ड र ओली

kharibot

गोरखा । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा पुगेर सम्बोधन गरेका छन् ।

गोरखा पुगेर एमाले अध्यक्ष ओली कांग्रेस प्रति आक्रामक रुपमा प्रस्तुत भए भने प्रचण्डले आफ्नो पुरा समय बाबुराममाथि खर्चिएका थिए । 

प्रचण्डले बाबुरामलाई आफुले लामो समयसम्म बचाएर राखेको बताउदै आहिले घर न घाटको भएको भन्दै आफुलाई बाबुरामको ठुलो पिर परेको बताए । प्रचण्डले बाबुरामलाई उम्मेद्वारी छोड्न सल्लाह दिदै-‘विचार छाडेर, माओवादी छाडेर, प्रचण्ड छाडेर गल्ती गरेँ भनेर आउनुस्। तपाईलाई स्वागत गर्न तयार छौँ । तपाईले जित्नु पनि हुन्न। तपाईलाई कांग्रेसले ठाउँ पनि दिदैँन’ भनेका थिए ।

प्रचण्डले भने-‘तपाईको पतन भएको मलाई रमाइलो लागेको छैन। जनयुद्धमासँगै हिड्यौं शान्ति प्रक्रियामासँगै हिड्यौं’, प्रचण्डले भने, ‘न यता न उताको न घर न घाटको भएको रमाइलो लागेको छैन। यो नौटंकी छाड्नुस्। किन नाटक गर्नुहुनुछ? देशभरी हाँस्यपात्र हुनु भएको छ।’

त्यस्तै सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली कांग्रेस प्रति आक्रामक भएका थिए । उनले देशमा रेल गुडाउछु भन्दा, जहाज चलाउछु भन्दा आफ्नो सरकार ढालिएको बताउदै शेरबहादुर देउवा अब कांग्रेसका अन्तिम प्रधानमन्त्री हुने बताए ।

निर्वाचनपछि बाम गठबन्धनको सरकार बन्ने भन्दै ओलीले मंसिर १० र २१ गते बुढो रुख ढल्ने र बामपन्थीको आँधी तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको बताए ।

मङ्सिर १० गते हुने निर्वाचनमा गोरखा-२ मा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई एमालेले र नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भट्टराईलाई कांग्रेसले समर्थन गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै