• २०८१ बैशाख ८ शनिबार

अन्डर १९ एशिया कप : बंगलादेशलाई हराउदै पाकिस्तान फाइनलमा 

kharibot

काठमाडौँ । पाकिस्तान अन्डर १९ एशिया कपको फाइनलमा पुगेको छ । आज भएको पहिलो समिफाइनलमा बंगलादेशलाई २ रनले पराजित गर्दै पाकिस्तान प्रतियोगिताको फाइनलमा पुगेको हो । 

बर्षाले प्रभावित खेलमा पहिला ब्याटिंग गर्दै बगलादेशले पाकिस्तान समू २७५ रनको लक्ष्य प्रस्तुत गरेकोमा पाकिस्तानले ५ विकेट गुमाएर १९९ रन बनाउदा खेल बर्षाले अवरुद्ध भएको थियो ।

बर्षा नरोकिए पछि एम्पायरले डकवर्थ लुइस मेथडबाट विजेताको टुंगो लगाएका थिए । 

पाकिस्तानाका लागि मोहमद ताहाले ९२, साद खानले नटआउट ३५, रोहाल नाजिरले २६ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर क्वाजी इस्लामले २ तथा आफिद हसन र मोहम्मद साक्वात हसनले १-१ विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको क्षतिमा २ सय ७४ रन बनाएको थियो । बंगलादेशका ब्याट्सम्यान पिनाक घोषले सर्वाधिक ८२, सइफ हुसेनले ६१ र अफिफ हुसेनले नटआउट ५२ रन बनाएका थिए । त्यस्तै बलिङतर्फ पाकिस्तानका मुनिर रियाजले ३ विकेट लिएका थिए ।

पाकिस्तानले उपाधिका लागि आइतबार नेपाल वा अफगानिस्तानमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल नेपाल र अफगानिस्तानबीच भोलि शुक्रबार हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै