• २०८१ बैशाख ६ बिहीबार

मेसीले बार्सिलोना छोड्ने निर्णय गरे मेरो समर्थन रहनेछ – रोनाल्डिन्हो 

kharibot

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले बार्सिलोना छोड्ने बारे हरेक दिन नयाँ नयाँ कुरा बाहिर आइरहेका छन् ।

बार्सिलोनाका पूर्वब्राजिलियन खेलाडी रोनाल्डिन्होले मेसीले बार्सिलोना छोड्ने निर्णय गरे आफुले मेसीलाई समर्थन गर्ने बताएका छन् । एक अन्तर्वार्ताका क्रममा रोनाल्डिन्होले मेसी आफ्नो अत्यन्त मिल्ने साथी भएकाले मेसीको खुशीमा आफ्नो समर्थन रहने बताएका छन् ।

बार्सिलोनका एम्बेसडर समेत रहेका रोनाल्डिन्होले मेसी जहिले जँहा खेल्छन फुटबलका लागि निकै ठुलो कुरा भएको बताउदै उनले मेसीको खुशी ठुलो कुरा भएको बताए । 

३० बर्षिय मेसी आफ्ना पुराना म्यानेजर पेप ग्वार्डिवालासँग म्यान्चेस्टर सिटीमा जाने तयारी गरेको समाचार आइरहेका छन् । आगामी जुनसम्म बार्सिलोनासँग सम्झौता रहेको मेसीले सम्झौता गर्ने सहमति जनाए पनि अझै हस्ताक्षर नगरेको बताइएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै