रोनाल्डो र रामोसको विवादले रियल म्याड्रिडको संकट बढ्दै 

खरीबोट
ad

काठमाडौँ । स्पेनिस फुटबलको महारथी क्लब रियल म्याड्रिडको संकट झन् बढ्ने संकेत देखा परेको छ ।

क्लबका दुई ठुला खेलाडी क्रिस्टियानो रोनाल्डो र कप्तान सर्जियो रामोसको विवादले क्लब झन् संकटमा पर्ने देखिएको स्पेनिस मिडिया ले उल्लेख गरेका छन् । पछिल्लो समय क्लबको प्रदर्शन बारे सर्वत्र आलोचना भैरहेका बेला दुई ठुला खेलाडी बीच क्लबको हालको स्थितिका विषयमा फरक कुरा बाहिर आएपछि दुवै बीच सबैकुरा ठिक नभएको कुरा सार्वजनिक भएको हो । 

स्पेनिस पत्रिका मार्काले रोनाल्डो र रामोस विवाद बारे रिपोर्ट प्रकासित गरेको छ ।

रोनाल्डोले रियलबाट खेलाडीहरु जेम्स रोड्रीगेज, पेपे र अल्भारो मोरटा जस्ता खेलाडी बाहिरिएका कारण उनको ठाउमा आएका खेलाडीहरुसँग टिमको कम्बिनेसन बन्न नसकेको विचार सार्वजनिक रुपमा नै राखेका थिए । दुई साता अघि टोटनह्यामसँग च्याम्पियन्स लिगमा पराजित भएपछि रोनाल्डोले सो प्रतिक्रिया दिएका थिए । उनले रियलमा अहिले अनुभवी खेलाडीको कमि भएकाले जित हासिल गर्न समस्या भएको बताएका थिए । 

तर रियलका कप्तान रामोसले भने रोनाल्डोको भन्दा उल्टो प्रतिक्रिया दिएर दुवै बीच विवाद रहेको संकेत दिएका थिए । हालै रसियास्नाग्को मैत्रीपूर्ण खेल खेल्न मस्को पुगेका रामोसले ३-३ को बराबरी खेलेपछि प्रतिक्रिया दिदै रोनाल्डोले रियल छोड्ने बारे आफुलाई थाहा नभएको र उनलाई नै सोध्न भनेका थिए । 

साथै रामोसले नेइमारको लागि रियलको ढोका खुल्ला रहेको पनि बताएर रोनाल्डोलाई काउन्टर दिन खोजेका थिए । 

हाल ला लिगामा बार्सिलोना भन्दा ८ अंकले पछाडी रहेको रियल लिगको तेस्रो स्थानमा रहेको छ भने च्याम्पियन्स लिगमा दोस्रो चरणमा पुगेपनि टोटनह्यामसँगको हारले रियल यस सिजनमा राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेको र टिममा सबै कुरा ठिक नभएको देखिएको छ ।  
 

सम्बन्धित समाचार

ला लिगामा रियल म्याड्रिड फेरी हार्यो 

काठमाडौँ।  स्पेनिस  रियल म्याड्रिड ला लिगामा फेरी पराजित भएको छ।  शनिबार भएको खेलमा लेभांटेसँग २-१ ले पराजित भएपछि रियल म्याड्रिडको संकट बढेको छ।  लेभांटेको जितमा लुइस मोरालेस र रोजर मार्टीले एक

रियल म्याड्रिड पराजित, पछिल्ला ४ खेलमा गोल बिहिन 

काठमाडौँ।  स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ। गएराति भएको खेलमा रियल म्याड्रिड डिपोर्टीभो आल्भेजसँग १-० गोल अन्तरले पराजित भएको छ। आल्भेजलाई मनु गार्सियाले खेलको इन्जुरी समयको अन्तिम

च्याम्पियन्स लिगमा रियल म्याड्रिड सिएसके मस्कोसँग पराजित

काठमाडौँ। च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड रसियन क्लब सिएसके मस्कोसँग पराजित भएको छ। समुह जीको दोस्रो खेलमा रियल मस्कोसँग १-० गोल अन्तरले पराजित भएको हो।  मस्कोका लागि सुरुको ६५औ सेकेन्डमा

सेभिलासँग हार्यो रियल म्याड्रिड, आन्द्रे सिल्भाले गरे दुई गोल 

काठमाडौँ। स्पेनिस ला लिगामा रियल म्याड्रिड पराजित भएको छ।  गएराती भएको खेलमा रियल सेभिलासँग ३-० ले पराजित भएको छ। रियलको यस सिजनको ला लिगामा पहिलो हार हो।  सेभिलाको जितमा आन्द्रे सिल्भाले


z