काठमाडौँ । रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफुले आफ्ना सात बच्चा र सात बेलुन डो अर जित्न चाहेको बताएका छन् ।
एल एक्युपसँगको अन्तर्वार्ताका क्रममा रोनाल्डोले सो कुरा बताएका हुन् । हालै आफ्नो चौथो बच्चाका पिता बनेका रोनाल्डोले हालै उनको भइरहेको आलोचना प्रति पनि टिप्पणी गरेका छन् । रोनाल्डोले मैले मेरा सबै आलोचनालाई सकारात्मक रुपमा लिएको छु तर त्यो कुरालाई स्वीकार भने नगर्ने बताएका छन् ।
उनले आफु अहिलेपनि उत्तिकै राम्रो खेल्न सक्षम रहेको बताउदै यस बर्षको बेलुन डो अर पनि आफुले जित्ने दाबि गरेका छन् ।
मैले मेरो आलोचना गर्नबाट संसारलाई रोक्न सक्दिन भन्दै रियल म्याड्रिड कुनै पनि प्रतिद्वन्दीबाट नडराउने बताए । हामी लगातार दुई पटक च्याम्पियन्स लिग जितेका टिम हौ भन्दै रोनाल्डोले त्यो कुराको सम्मान गर्ने बताए ।
अन्तर्वार्तामा रोनाल्डोले आफुले अझै धेरै हासिल गर्न बाँकी रहेको बताउदै मलाई जहिले पनि गोल गरेको आधारमा मात्र मुल्यांकन गरिएको बताए । उनले गोल मात्र गर्नु सधै भरि महत्वपूर्ण नहुने बताउदै यो आफ्नो हातमा नभएको बताए ।