• २०८१ बैशाख १३ बिहीबार

चुनावमा उच्च मनोबलका साथ काम गर्न निर्देशन

kharibot

जाजरकोट । निर्वाचन आयुक्त सुधीरकुमार शाहले चुनाव सम्पन्न गर्न सबै राष्ट्रसेवक कर्मचारीलाई उच्च मनोबलका साथ लाग्न निर्देशन दिएका छन् । 

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिँदै शाहले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल पार्न निर्वाचनमा खटिएका कर्मचारी तथा शिक्षक, सुरक्षाकर्मीलगायतलाई उच्च मनोबल बनाउन निर्देशन दिएका हुन् । 

निर्वाचनको व्यवस्थापन, तयारी र शान्ति सुरक्षाको अवस्थाबारे निरीक्षण तथा अनुगमन गर्न हेलिकप्टरमार्फत यहाँ आउनुभएका शाहले निर्वाचनमा खटिने मतदान अधिकृतलाई तोकेको जिम्मेवारी बहन गर्न आग्रह गरे । आयुक्त शाहले निर्वाचन बिथोल्ने समूहलाई नियन्त्रणमा लिन प्रजिअ पुष्पराज शाहीलाई निर्देशनसमेत दिए । 

प्रचार सामग्री हटाइए, गन्जी जफत 

सदरमुकाममा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका विभिन्न पोस्टर र ब्यानर जफत गरिएको छ । जिल्ला प्रशासन कार्यालय, आचासंहिता अनुगमन अधिकृत छपेन्द्र पराजुली र प्रहरीले संयुक्त अनुगमन गर्दा निर्वाचन आचारसंहिता विपरीतका सबै सामग्री हटाइएको हो ।

सदरमुकारको गैरीखाली, बाहुनबाडा, ठाँटीलगायत ठाउँका बासिन्दाले लगाएका गञ्जीसमेत खोलेर नियन्त्रणमा लिइएको छ । सदरमुकामका सबै ठाउँमा टाँसिएका पोस्टर, ब्यानर र झण्डा नियन्त्रणमा लिएर हटाउने काम भएको प्रजिअ शाहीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै