तीन साहित्यकार गिरफ्तार

खरीबोट

काठमाडौँ ।  प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । 

प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

प्रलेसका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डंगोलले विज्ञप्ति जारी गरी विनाकारण लेखकलाई नियन्त्रणमा लिइनु लेखकीय स्वतन्त्रताविपरीत भएको जनाउँदै तिनलाई तत्काल रिहा गर्न माग गरिएको छ । थपलिया ‘हाम्रो जलजला’ मासिकका सम्पादक पनि हुन । 

थपलियासँगै गिरफ्तार गरिएका साहित्यकार वैरागी जेठा र अच्युत तिवारीलाई दुई घण्टापछि प्रलेसका महासचिव डंगोल र अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीको रोहवरमा रिहा गरिएको छ ।

सम्बन्धित समाचार

छातीभरि देश बोकेर साहित्यकार महेश पौड्याल सगरसम्म लम्किदै

काठमाडौँ। केही समय अघि मात्रै गायक सुनिल मगरको स्वरमा ‘छातीभरि देश बोकि’ बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक गरेर संगीत क्षेत्रमा चर्चा बटुलेका साहित्यकार महेश पौड्यालले आफ्नै शब्दमा रहेको नयाँ गीत ‘सगरसम्म लम्क’को

प्रदेश २ को नामाङ्कनमा साहित्यकारहरुको फरक मत

वीरगञ्ज। तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।  अधिकांश

प्रदेश २ को नामाङ्कनमा साहित्यकारहरुको फरक मत

वीरगञ्ज। तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।  अधिकांश

मालिका केसरीको उपन्यास सुवर्णलतामाथि साहित्यकारहरुको बहस

काठमाण्डौ । साहित्यकारहरुले नेपाली साहित्यमा पाठकको ध्यानएकाग्र गर्ने कृतिको खडेरी कायमै रहेको बताएका छन् ।  साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमा शनिबार भएको अन्तर संवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने


z