• २०८१ बैशाख ७ शुक्रबार

अत्यावश्यक परे एसएमएस गर्नुस्, वी वील राइजले राखिदिन्छ १०० ब्यालेन्स !

kharibot

काठमाडौं ।  लकडाउनका कारण घरमै बस्नुपर्ने बाध्यताका बीच तपाइको मोबाइलमा ब्यालेन्स सकियो ? तपाइँलाई परेको अप्ठ्यारोमा सहयोगी हात अगाडी बढाउदै वी वील राइज फाउण्डेसनले तपाइँको मोबाइलमा ब्यालेन्स राखिदिने भएको छ ।

कोरोना विश्वव्यापी महामारी बनेको अवस्थामा लकडाउनमा परेर आफ्नो मोबाइलमा ब्यालेन्स नहुदा अप्ठ्यारोमा परेकाहरुका लागि न्यूनतम १०० रुपैयाँ ब्यालेन्स राखिदिने कामको थालनी बिहीबार अपरान्हबाटै थालिसकेको फाउण्डेसनका संस्थापक निर्मल श्रेष्ठले जानकारी दिएका छन् । 

यो अप्ठेरो अवस्थामा कतिपयले सडकमा खटिएका सुरक्षाकर्मीलाई पानी, मास्क, खाद्यान्नको व्यवस्था गरको समाचारहरु आइरहेका बेला वि विल राइजले ब्यालेन्स राख्ने काम शुरु गरेको श्रेष्ठले बताए । उनले यो सहयोग सुरुमा ५०० जनालाई गर्ने भन्दै शुरु गरेको तर विहिबार नै त्यो भन्दा धेरै जनाको अनुरोध आएकोले थप गर्न लागेको बताए ।

उनले भने, ‘लकडाउनका कारण ब्यालेन्स राख्न नसकिने, रिचार्ड कार्ड किन्न नसकिने यो बेला हामीले थोरै भएपनि सहयोग होस् भनेर यो काम थालेका हौं । जरुरी परेका, कुरा गर्न नपाएर संकटमै परेका महानुभावहरुले सम्पर्क गर्नुहुनेछ भनी हामीले हाम्रो वेभसाइट, सामाजिक सञ्जाल मार्फत सहयोग गर्ने घोषणा गरेका हौं ।’ 

श्रेष्ठले अत्यन्त जरुरी परेकाले मात्र सहयोग गर्न अपिल समेत गरेका छन् । 

लकडाउन अवधिभर टेलिकम कम्पनिहरुले मोबाइलमा जति ब्यालेन्स गर्यो, त्यति नै बोनस थप्दै आएका छन् । जसअनुसार फाउण्डेसनले एक जनालाई रिचार्ज गर्दा कम्तिमा २०० जम्मा हुनेछ ।

फाउन्डेसनले अत्यावश्यक परेकाले ब्यालेन्स राख्न अनुरोध गर्न निम्न नम्बरमा एसएमएस गर्न अनुरोध गरेको छ : 

मोबाइल : ९८४१२८७१९८ (एनटिसी) ९८१३२०७४८७ (एनसेल)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै