बारामा कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा बम प्रहार 

खरीबोट
ad

बारा । बारामा नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा बम प्रहर भएको छ । 

बाराको जिल्लाको क्षेत्र ४ ख का नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको प्रचार गर्ने गाडीमा अज्ञात समुहले बम प्रहर गरेको हो । 

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित नेपाल दुरसंचार संस्थान पछाडी पार्कीङ गरेर राखिएको गाडीमा बिहान ५ बजेर ५५ मिनेट जाँदा बम प्रहर गरिएको थियो । गाडीमा कोहि नभएकोले कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार हालसम्म सो विष्फोटको कसैले जिम्मा लिएको छैन । 

विष्फोटबाट गाडीको फ्युल ट्यांक फुटेको, सिसाहरु फुटेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उम्मेदवार कार्कीले प्रचारमा प्रयोगगर्ने गाडीमा बम प्रहर गरिएको छ । घटनाको हाल प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । 

सम्बन्धित समाचार

दमकमा बम विष्फोट

दमक । झापाको गौरादह नगरपालिका–७ वडा कार्यालयनजिक मंगलबार बिहान बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवननजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । बम

वडाध्यक्ष पौडेलको घरमा बम विष्फोट, दुई घाइते

दमक ।  झापाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।  विष्फोटबाट छर्रा लागेर सर्वसाधारण एक महिलासहित दुई जना घाइते हुनुका साथै पक्की घरमा सामान्य क्षति पुगेको

भारतीय राजदुताबासमा बम विष्फोटको घटनामा थप एक पक्राउ

विराटनगर  ।  विराटनगर–१३ स्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयको पर्खालमा बम विष्फोट भएको घटनामा संलग्न रहेको अभियोगमा थप एकजनालाई पक्राउ गरिएको छ ।  मोरङको बूढीगंगा गाउँपालिका–२ बस्ने ६२ वर्षीय सागर राई भन्ने सुरेशकुमार

सिरहामा भएको बम विष्फोटमा आठजना घाइते  ः अपडेट

लहान । अज्ञात समूहले सिरहाको लहान नगरपालिका–६ स्थित विकास टे«डर्स सुनचाँदी पसल लाई लक्षित गरी आज अपराह्न प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित आठजना घाइते भएका छन् ।  अपराह्न १ बजेतिर