• २०८१ बैशाख ७ शुक्रबार

जितसँगै भ्यालेन्सियाले बार्सिलोनामाथि दबाब बढायो

kharibot

काठमाडौँ ।  स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै भ्यालेन्सियाले शीर्ष स्थानको बार्सिलोनामाथि दबाब बढाएको छ । 

भ्यालेन्सिया अवे मैदानमा खेलेको खेलमा स्पानियोललाई २–० ले पराजित गर्दै हाल लिगको शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी चारमा झारेको छ । 

क्लबको इतिहासमा लिगमा लगातार आठौं जित निकाल्ने क्रममा भ्यालेन्सियाका लागि ६७औं मिनेटमा कोन्डोग्बिया र ८३औं मिनेटमा मिना लोरेन्जोले गोल गरेका थिए । भ्यालेन्सियाले लबको इतिहासमै पहिलो पटक ला लिगामा उत्कृष्ट सुरुवात गरेको छ ।

जितपछि दोस्रो स्थानको भ्यालेन्सियाको १२ खेलबाट ३० अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोना भन्दा चार अंकले मात्र पछाडी रहेको छ । ला लिगाको साबि क विजेता रियल मड्रिड भन्दा ६ अंकले अघि रहेको छ ।

पछिल्लो पटक सन् २००४ मा ला लिगाको उपाधि जितेको भ्यालेन्सियाले आउँदो आइतबार बार्सिलोनासँग ऐतिहासिक भिडन्त गर्दै छ ।  यता बार्सिलोना भने हाल आउदो बुधबार हुने युभेन्टससँगको च्याम्पियन्स लिगको तयारीमा जुटेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै