च्याम्पियन्स लिगमा रोनाल्डोले दिए मेसीलाई चुनौती, कसले गर्ला धेरै गोल ?

खरीबोट
ad

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको राज पछिल्लो दश बर्षमा चलिरहेको छ । कैयौ खेलाडी आएर र गए तर रोनाल्डो र मेसीले एकै समयमा पालै पालो विश्व फुटबलमा आफ्नो दबदबा कायम राखेका छन् ।

यसैबीच रोनाल्डो र मेसीबीच च्याम्पियन्स लिगमा कसले धेरै गोल गर्ने भन्ने प्रतिष्पर्धा चलेको छ ।

हाल च्याम्पियन्स लिगको खेलको तयारीमा रहेका दुवै खेलाडीको लक्ष्य एक सिजनमा कसले धेरै गोल गर्ने भन्ने रहेको छ । च्याम्पियन्स लिगमा मेसी भन्दा रोनाल्डोको गोल धेरै रहेको छ । रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म ११२ गोल गरेका छन् भने मेसीले ९७ गोल गरेका छन् । तर अब दुवैको नजर एक सिजनमा कसले धेरै गोल गर्ने रहेको छ । 

एक सिजनमा रोनाल्डोले सन् २०१५ र २०१७ मा १६,१६ गोल गरेका थिए भने रोनाल्डोको नजर आफ्नै रेकर्डलाई ब्रेक गर्ने रहेको छ । यता मेसीले २०१२ र २०१६ मा सर्वाधिक १३ गोल गरेका थिए भने २०१० र २०११ मा १२,१२ गोल गरेका थिए ।

यस सिजनमा मेसीको फर्म निकै राम्रो देखिएको छ । उनले ला लिगामा १३ खेलमा ११ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा यस सिजनमा ३ गोल गरेका छन् । रोनाल्डोले भने यस सिजनमा ला लिगामा एक मात्र गोल गरेपनि च्याम्पियन्स लिगमा भने ६ गोल गरेका छन् । 

हाल च्याम्पियन्स लिग अन्तर्गत समुह चरणका खेलहरु हुदै छन् । यस सिजनमा समुह चरणका ४ खेल भएका छन् भने यस साता पाचौ खेल हुनेछन् ।

रियल म्याड्रिड यस अघि इङलिश क्लब टोटनह्यामसँग पराजित भएपछि जितको लयमा फर्किन संघर्ष गरिरहेको छ भने बार्सिलोनाले यस सिजनमा ला लिगा र च्याम्पियन्स लिग दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरेको छ ।

रियलले मंगलबार राति साइप्रसको क्लब एपोएलसँग खेल्दै छ भने बार्सिलोनाले भने बुधबार राति इटालीको युभेन्टससँग खेल्दै छ । 
 
 

सम्बन्धित समाचार

टोटनह्याममाथि इन्टरमिलानको नाटकीय जित

काठमाडौँ।  इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा प्रिमियर लिग क्लब टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले विजयी सुरुवात गरेको हो।  इन्टर मिलानको

प्रतिष्पर्धात्मक खेलमा पिएसजीविरुद्ध फिर्मिनोले लिभरपुललाई जिताए 

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले पिएसजीलाई पराजित गरेको छ।  गएराती भएको खेलमा लिभरपुलले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।      पिएसजीको जितमा रोबोर्ट फिर्मिनोले खेलको अन्तिम मिनेटमा गोल गर्दै

च्याम्पियन्स लिगमा मेसीको जादु,  ह्याट्रिक हानेर बार्सिलोनालाई जिताए 

काठमाडौँ।  च्याम्पियन्स लिगमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा नेदरल्यान्ड्सको क्लब पीएसभीविरुद्धको खेलमा बार्सिलोनाले ४-० को जित निकालेको छ।   बार्सिलोनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् भने एक

च्याम्पियन्स लिगका खेल आजदेखि शुरु हुदै, अहिलेसम्म कसले कति पटक जिते ? 

काठमाडौँ। युरोपको फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको यस सिजनको खेल आज देखि सुरु हुदै छ। ३२ क्लब सहभगी यस प्रतियोगितालाई युरोपमा निकै महत्वपूर्ण मानिन्छ। खेलाडीको सम्मान र पुरस्कारको हिसाबले पनि