• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगमा रोनाल्डोले दिए मेसीलाई चुनौती, कसले गर्ला धेरै गोल ?

kharibot

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको राज पछिल्लो दश बर्षमा चलिरहेको छ । कैयौ खेलाडी आएर र गए तर रोनाल्डो र मेसीले एकै समयमा पालै पालो विश्व फुटबलमा आफ्नो दबदबा कायम राखेका छन् ।

यसैबीच रोनाल्डो र मेसीबीच च्याम्पियन्स लिगमा कसले धेरै गोल गर्ने भन्ने प्रतिष्पर्धा चलेको छ ।

हाल च्याम्पियन्स लिगको खेलको तयारीमा रहेका दुवै खेलाडीको लक्ष्य एक सिजनमा कसले धेरै गोल गर्ने भन्ने रहेको छ । च्याम्पियन्स लिगमा मेसी भन्दा रोनाल्डोको गोल धेरै रहेको छ । रोनाल्डोले च्याम्पियन्स लिगमा अहिलेसम्म ११२ गोल गरेका छन् भने मेसीले ९७ गोल गरेका छन् । तर अब दुवैको नजर एक सिजनमा कसले धेरै गोल गर्ने रहेको छ । 

एक सिजनमा रोनाल्डोले सन् २०१५ र २०१७ मा १६,१६ गोल गरेका थिए भने रोनाल्डोको नजर आफ्नै रेकर्डलाई ब्रेक गर्ने रहेको छ । यता मेसीले २०१२ र २०१६ मा सर्वाधिक १३ गोल गरेका थिए भने २०१० र २०११ मा १२,१२ गोल गरेका थिए ।

यस सिजनमा मेसीको फर्म निकै राम्रो देखिएको छ । उनले ला लिगामा १३ खेलमा ११ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा यस सिजनमा ३ गोल गरेका छन् । रोनाल्डोले भने यस सिजनमा ला लिगामा एक मात्र गोल गरेपनि च्याम्पियन्स लिगमा भने ६ गोल गरेका छन् । 

हाल च्याम्पियन्स लिग अन्तर्गत समुह चरणका खेलहरु हुदै छन् । यस सिजनमा समुह चरणका ४ खेल भएका छन् भने यस साता पाचौ खेल हुनेछन् ।

रियल म्याड्रिड यस अघि इङलिश क्लब टोटनह्यामसँग पराजित भएपछि जितको लयमा फर्किन संघर्ष गरिरहेको छ भने बार्सिलोनाले यस सिजनमा ला लिगा र च्याम्पियन्स लिग दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरेको छ ।

रियलले मंगलबार राति साइप्रसको क्लब एपोएलसँग खेल्दै छ भने बार्सिलोनाले भने बुधबार राति इटालीको युभेन्टससँग खेल्दै छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै