• २०८१ बैशाख १२ बुधबार

चर्चित फिल्म ‘टाइटानिक’ फेरी रिलिज हुदै  

kharibot

काठमाडौँ । हलिवुडको चर्चित फिल्म टाइटानिक सिनेमाघरमा फेरी प्रदर्शन हुने भएको छ । सन् १९९७ मा रिलिज भएको सुपरहिट फिल्म रिलिज भएको २० बर्ष पछि थ्रीडीमा रिलिज हुन् लागेको हो ।

फिल्मको थ्रीडी ट्रेलर सार्वजनिक गरिएको छ भने फिल्मलाई डिसेम्बर १ मा अमेरिकामा मात्र प्रदर्शन गर्न लागिएको छ । फिल्मका निर्देशक जेम्स केमरुनले टाइटानिकलाई अमेरिकाको एएमआर थिएटरहरुमा प्रदर्शन गरिने जानकारी दिएका छन् । फिल्मलाई एक हप्ताका लागि रिलिज गरिने भएको छ । फिल्मलाई २डी र थ्रीडीका साथै डबली भिजनमा रिलिज गर्न लागिएको निर्देशक जेम्सले जानकारी दिएका छन् । 

सत्य घटनामा आधारित यस फिल्मलाई शताब्दीकै उत्कृष्ट लव स्टोरी फिल्म मानिएको थियो । यस फिल्ममा लियोनार्दो केप्रियो र केट विन्सलेटले मुख्य निभाएका थिए । अहिलेपनि यो जोडीलाई हलिवुडमा सबै भन्दा रोमान्टिक जोडीको रुपमा लिइन्छ ।

फिल्म सन् १९१२ मा भएको टाइटानिक जहाजको दुखद दुर्घटनामा आधारित रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै