जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेद्वारा अन्तत: राजीनामा, खुशियाली मनाउन जनता सडकमा 

खरीबोट
ad

हरारे ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले अन्तत: राजीनामा दिएका छन् । पछिल्लो ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन् । 
मुगावेको राजीनामासँगै राजधानी हरारे लगायतका देशका विभिन्न ठाउमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । 

मुगावेले दिएको राजीनामाको पत्र संसदमा सभामुखले पढेर सुनाएका थिए । मुगावेले आफूले स्वतन्त्र रुपमा तथा राजी खुशीले राजीनामा दिएको पत्रमा उल्लेख गरेका थिए । यस्तै सत्ताको सहज हस्तान्तरणका लागि पनि आफू तयार रहेको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

सन् १९८० देखि लगातार सत्तामा रहँदै आएका मुगावेको ठाउँमा अब पूर्वउपराष्ट्रपति एम्मर्सन मन्नगागावाले सत्ता सम्हाल्ने सत्तारुढ जानु–पिएफ पार्टीले जनाएको छ ।

यो महिनाको सुरुमा मुगावेले मन्नगागावालाई बर्खास्त गरेपछि जिम्बाबेमा राजनीतिक संकट गहिरिएको थियो । यस्तै गएको हप्ता सेनाले मुगाबेलाई घरमै नजरबन्दमा राखेर नदेखिने गरी सत्ता आफ्नो हातमा लिएको थियो । त्यसपछि मुगाबेमाथि राजीनामा दिन दबाब पर्दै आएको थियो ।

उनलाई जानु–पिएफ पार्टीले नेताबाट पनि बर्खास्त गरेको थियो । तर मुगाबेले भने राजीनामा नदिने बताउँदै आएका थिए । महाभियोग लागाउने तयारी सुरु भएपछि उनले राजीनामा पत्र संसदमा पठाएका थिए ।  
 

सम्बन्धित समाचार

जिम्बाबेका अलराउण्डर सिकन्दर राजा इपिएलमा काठमाडौँ किंग्स इलेभेनबाट खेल्ने   

काठमाडौँ   ।  एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने क्लब काठमाडौँ किंग्स इलेभेनले तेस्रो विदेशी खेलाडी साइन गरेको छ । आयरल्याण्डका खेलाडी केभिन ओ ब्रायन र युएईका कप्तान रोहन मुस्तफापछि जिम्बाबेका

जिम्बाबेमा निर्वाचनमा हिंसा गराएको आरोपमा विपक्षी २७ नेताहरु अदालतमा उपस्थित

हरारे। जिम्बाबेको विपक्षी दलका २७ जनालाई सोमबार अदालतमा उपस्थित गराइएको छ ।  केही दिन अगाडी भएको निर्वाचनमा भएका हिंसात्मक घटनामा सम्लग्न भएको आरोपमा उनीहरूलाई अदलतमा उपस्थित गराइएको हो ।  लामो समय शासन

जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी, विपक्षी दलहरुद्वारा परिणाम अश्विकार 

हरारे। जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएका छन् । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत

विश्वकपमा छनौट हुननसकेपछि जिम्बाबेका कप्तानसहित सम्पूर्ण कोचिंग स्टाफ बर्खास्त 

काठमाडौं । विश्वकपमा छनौट हुन् नसकेको जिम्बाबे क्रिकेट बोर्डले कप्तानसहित सम्पूर्ण कोचिङ स्टाफलाई बर्खास्त गरेको छ ।  अन्तिम खेलमा युएईसँग पराजित भएर २०१९ मा हुने विश्वकपमा छनौट हुन् असफल भएको जिम्बाबेले