साउदी अरबमा एक रुकुमेली युवाको मृत्यु

खरीबोट
ad

रुकुम । रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ । 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँका २९ वर्षीय मनिराज परियारको सोमबार राति सुतेकै ठाउँमा मृत्यु भएको आफन्तले जनाएका छन् । 

रोजगारीको सिलसिलामा तीन वर्षअघि साउदी अरब जानुभएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए । खाना खाएर सुत्नुभएका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारेको बताइएको छ । 

मृतक परियारका श्रीमती र चार छोरा छन् । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए ।
 

सम्बन्धित समाचार

साउदीमा पाँच नेपाली अलपत्र

म्याग्दी । रोजगारीको सिलसिलामा साउदी अरब पुगेका म्याग्दीका दुईसहित पाँच युवा अलपत्र परेका छन् । दुई वर्षअघि साउदी पुगेका बेनी नगरपालिका–३ भकिम्लीका नारायण छन्त्याल र धौलागिरि गाउँपालिका–५ मल्कबाङका उदवीर घर्तीसहित

धर्मगुरु अल–अवदालाई मृत्युदण्ड दिन सुझाब

रियाद, साउदी अरब। साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उनलाई मृत्युदण्ड दिनुपर्ने बताएका यहाँका सञ्चारमाध्यमले

साउदी अरबमा अलपत्र नेपालीलाई काम र तलब दिने सहमति

खोटाङ। वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब पुगेर अलपत्र परेका खोटाङका १३ सहित ३८ नेपाली कामदारलाई कम्पनीले काम र तलब दुवै उपलब्ध गराउने सहमति भएको छ ।  साउदी अरबमा ३८ नेपाली कामदार

साउदी अरबमा खोटाङका १४ सहित ३८ नेपाली अलपत्र

खोटाङ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका खोटाङका १४ सहित ३८ जना नेपाली कामदार अलपत्र परेका छन् । विसं २०७४ फागुन १ गते साउदी अरब पुगेका खोटाङसहित विभिन्न जिल्लाका ३८