उपल्लो डोल्पाको ६६मतदान केन्द्रका लागि ४३० परिचालन

खरीबोट
ad

दुनै, डोल्पा । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि डोल्पामासम्पूर्ण व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । 

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवाला पक्षलाई तालीम दिने काम सम्पन्न हुनाका साथै कर्मचारी, सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रततर्फ जान थालिसकेको र स्वयंसेवकले समेत गाउँगाउँमा पुगेर मतदाता शिक्षा दिइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

“जिल्लाको उत्तरी क्षेत्रमा रहेको विभिन्न मतदान केन्द्रमा खटिएका कर्मचारीलाई मतपेटीका, मतपत्र, मतदाता परिचयपत्रलगायतका निर्वाचन सामग्री वितरण गर्ने काम भइरहेको र डोल्पाको उपल्लो क्षेत्रमा खटिएका कर्मचारी धमाधम त्यसतर्फ जान थालेका छन् । ” निर्वाचन अधिकारी विक्रम गिरीले भने । 

उनका अनुसार सदरमुकामदेखि पाँच–छ दिन लाग्ने तिन्जे, मुकोट, साल्दाङ, छार्का, धोलगायतका साविकका गाविसमा पर्ने मतदान केन्द्रमा खटिएका कर्मचारीलाई भने सेनाको हेलिकप्टरबाट लैजाने व्यवस्था गरिएको र तल्लो डोल्पाका मतदान केन्द्रका लागि पनि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मीलगायतका कर्मचारी हिँड्ने तयारीमा छन् । 

आसन्न निवार्चनमा जिल्लाभरका ६६ मतदान केन्द्रका लागि ४३० कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयले जनाएकोे छ । डोल्पामा १८ हजार ९८९ मतदाता छन् । 

सम्बन्धित समाचार

एन्फा निर्वाचनमा अनियमितता, आरोप प्रमाणित गर्न चुनौती

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको आरोप लगाइएको छ ।  एन्फा निर्वाचन भएको करिब पाँच महिनापछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका पूर्वउपाध्यक्ष

जनस्वास्थ्य सङ्घमा निर्वाचन हुने

काठमाडौँ /  नेपाल जनस्वास्थ्य सङ्घको नयाँ नेतृत्व चयन गर्न यही असोज १३ गते निर्वाचन हुने भएको छ ।  नेपाल जनस्वास्थ्यकर्मी सङ्घ ९प्रजातान्त्रिक० समूह र नेपाल जनस्वास्थ्यकर्मी ९प्रगतिशील० समूह मुख्यरुपमा चुनावी प्रतिस्पर्धामा रहेका

माल्दिभ्सको आम निर्वाचनमा प्रमुख विपक्षी नेता सोलिहले चुनाव जितेको दाबी  

माले।  माल्दिभ्समा आइतबार भएको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिह विजयी हुने सम्भावना देखिएको मिडिया रिपोर्टमा जनाइएको छ। सोलिहले आफुले चुनावमा जित हासिल गरेको दाबी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले

सङ्घीय संसदको दुई संयुक्त समितिका सभापति निर्वाचन कार्यक्रम सार्वजनिक 

काठमाडौँ। सङ्घीय संसद् (प्रतिनिधिसभा÷ राष्ट्रियसभा) का संयुक्त दुई समितिका सभापतिको निर्वाचन कार्यक्रम आज सार्वजनिक भएको छ ।  ती संयुक्त समितिमा संसदीय सुनुवाइ र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्व समिति छन्