इलामको फिक्कलमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

खरीबोट
ad

मङ्गलबारे(इलाम) / मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का २५ वर्षीय अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामबाट झापातर्फ गइरहेको मे १ ख १९४२ नं को ट्रक विपरित दिशाबाट आइरहेकोे ग १२ प ४८३ नम्बरको मोटरसाइकल ट्रकमा ठक्कर दिदा मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र सँगै रहेकी राईको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि अनुसन्धानका लागि ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्याङ्जाको धराङ्दीमा जिप दुर्घटनामा एकको मृत्यु, १९ घाइते

वालिङ। स्याङ्जाको गल्याङ नगरपालिका–७ धराङ्दीमा आज दिउँसो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।  गल्याङ नगरपालिका–७ सिरौँसाबाट गल्याङ बजारतर्फ आउँदै गरेको लु१ज ३३८० नंको

अरुणखोलामा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो, ५ जनाको परिचय खुल्यो (अपडेट)

कावासोती। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।  पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा गुल्मी हस्तचौर गाउँपालिका–२ बस्ने ३५ वर्षीय तिलक

बाँदरलाई पड्काएको बन्दुकको गोली लागेर एकको मृत्यु

हुम्ला। बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ ।  सोही ठाउँ बस्ने ४० वर्षीय रङ्गमल महताराले आफ्नो स्याउ

नवलपरासीको अरुणखोलामा बस दुर्घटनामा पाँच जनाको मृत्यु, ५१ जना घाइते 

कावासोती। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।  इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४


z