• २०८१ बैशाख १३ बिहीबार

'बाहुबली'सँग रोमान्स गर्दै अभिनेत्री श्रद्धा कपुर

kharibot

मुम्बई / आजभोली श्रद्धा आफ्नो अर्को फिल्म ‘साहा’को शूटिङमा छिन् । उनको र बाहुबलीका नायक प्रभाससँग हैदराबादमा छिन् । यहि बिचमा श्रद्धा सायना नेहवालको वायोग्राफीको पनि तयारी गरिरहेकी छिन् । केहि समय अगाडि उनको हसिना पारकर रिलीज भएको थियो । जुन फिल्म फ्लप भएको थियो ।

बलिउड अभिनेत्री श्रद्धा कपुर भारतको गोवामा सञ्चालन भएको ४८ औं अन्तराष्ट्रिय फिल्म फेयरमा सहभागी हुन गएकी थिइन् । जहाँ उनलाई निर्देशक निर्माता सुभाष घर्यले सम्मान गरेका थिए । त्यसै समयमा बोल्दै श्रदाले भनेकी छिन् कि उनले गोवामा अहिलेसम्म दुई फिल्म सुटिङ् भएका थिए भने दुवै फिल्म आफ्ना लागि लक्की र सफल भएको बताइन् ।

उनले भनिन् कि निर्देशक मोहित सुरिको फिल्म ‘आशिकी २’र ‘एक भिलेन’को शुटिङ गोवामा भएको थियो । उनले गोवा आफ्ना लागि निकै खास रहेकोब बताएकी छिन् ।  साथै एक किसीस्मले भन्नेहो भने म हाफ् गोवा कि हुँ । मेरी हजुरआमा गोवाकी हुन्। यसैले मेरो रगतमा पञ्जाबी, मराठी र गोवाको रगत छ ।
आशिकी २ को कुरा गर्दै उनले भनिन्, 'मैले मोहितको फिल्म आशिकी ३ को स्क्रिप्ट पेढेकी नै थिइन ।

कथावस्तु नपढेरै मैले फिल्म साइन गरेकी थिएँ । मोहितले एक कुराकानीमा फिल्मको पात्र आरोहीको बारेमा कुरा गरेका थिए । जसमा आरोहीको भूमिकालाई बुझेपछि मैले हुन्छ भनेकी थिएँ । त्यसमा आरोहीले मेरो मन छुएकी थिइन्। जब आरोहि मेरो मन छुनसक्छ भने दर्शकको पनि छुन्छ भन्ने लागेको थियो ।' उनले भनिन्, 'मैले कथावस्तु बारे धेरै जान्नपर्ने थिएन किनकि भट्ट व्यानर र मोहितमाथि निकै विश्वास थियो ।'

उनले अभिनयमा लगाव भएकैले आफ्नो कलेज लाइफ रोकिएको बताइन् । श्रद्धाले भनिन्, ‘आफूले पढाइ बिचमा छोड्नु नराम्रो हो । म पनि कसैलाई पढाइ बिचमा नछोड्न सल्लाह दिन्छु ।’ उनका बुबा शक्ति कपुर पनि अभिनय क्षेत्रका भएकोले आफ्नो बच्चा बेलादेखिको अभिनयमा लाग्ने सोच बनाएको बताएकी छिन् ।

उनले आफुलाई १५ वर्षको उमेरदेखि नै फिल्मको अफर आएको बताएकि छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै