• २०८१ बैशाख ७ शुक्रबार

डरलाग्दो सवारी दुर्घटना : मध्यक्षेत्रका १६ जिल्लामा एक वर्षमै गयो ७ सय ३५ को ज्यान

kharibot

बारा । मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले मध्यक्षेत्रमा मात्रै एक वर्षमा विभिन्न सवारी दुर्घटनामा परी १६ जिल्लामा सात सय ३५ जनाले ज्यान गुमाएको जनाएको छ । उसका अनुसार बारा जिल्लामा मात्रै दुर्घटनामा परी ५३ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७३÷२०७४ मा भएको एक हजार ६९ वटा सवारी दुर्घटनामा परी सात सय ३५ जनाको ज्यान गुमाएको र विभिन्न दुर्घटनामा परी एक हजार चार जना गम्भीर घाईते भएका छन् । एक हजार एक सय दुई जना भने सामान्य घाईते भएको र १६ जिल्लामा वर्षेनी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढेको छ । सड्कमा सवारी चाप बढेता पनि सडकहरुको स्तरोन्नती नहुँनु दुर्घटना संख्या वृद्धि हुनुको प्रमुख कारण हो ।

सड्क मर्मतमा सम्बन्धित तथा सरोकारवाला निकायकोे पनि ध्यान छैन, बरु कम गुणस्तरका सड्कहरु विस्तार भईरहेका कारणले गर्दा दुर्घटनाको संख्या बढाएको हो । ट्राफिक नियमको उलंङ्खन गरेर सवारी चलाउँदा पनि धेरै दुर्घटना हुँने गरेको मध्य क्षेत्रिय ट्राफिक कार्यालय पथलैया बाराका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । सवारी दुर्घटनामा सबै भन्दा बढी ६५ प्रतिशत दुर्घटना चालकको लापरवाहीले भएको प्रहरीको तथ्याङ्कमा छ । दुर्घटना बढी हुँनु दोस्रो कारण तीव्र गति हो भने मादक पदार्थ सेवन, ओभर लोड, ओभरटेक र चौपायाका कारण पनि दुर्घटना हुने गरेका छन् ।

आर्थिक वर्षमा दुर्घटनाको तथ्याँक हेर्दा सबै भन्दा बढी मोटरसाईकल दुर्घटना रहेको पाईन्छ । सड्कको निर्माण , चालकको लापरवाही र सवारी साधनको उच्च चापले गर्दा दुर्घटना बढी हुँने गरेको कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक मैनालीले बताए । उनले उक्त वर्षमा एक हजार ६९ दुर्घटनामा ९ सय ८२ वटा दुर्घटना २५ देखि ४० वर्षका चालकले चलाएका सवारी साधन दुर्घटना परेको बताए । अधिकांश युवाहरुले तीव्र गतिमा हुइँकाउँदा दुर्घटना भएको र मोटरसाईकल दुर्घटनामा मानिसको ज्यान गएको पाइएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै