• २०८१ बैशाख ८ शनिबार

‘फेशन शो’ मा २० करोडको ब्रा लगाउने भाग्यमानी मोडल ! 

kharibot

काठमाडौँ । चीनको संघाईमा हालै सम्पन्न एक फेसन शोमा एक मोडलले लगभग २० करोड ७८ लाख नेपाली रुपैयाँ बराबरको ब्रा लगाएर मोडलिङ गरेकी छन् ।

२७ बर्षिय ब्राजिलियन मोडल लाइस रिबेरियोले यति महँगो ब्रा लगाएर फेशन शोमा भाग लिने मौका पाएकी हुन् । यति महँगो ब्रा लगाएर शोमा भाग लिन पाउने भाग्यमानी मोडलको रुपमा उनलाई अहिले संसारभर चर्चा गरिएको छ ।

‘भिक्टोरिया सेक्रेट फेशन शो’ मा विश्वभरका चर्चित मोडलहरुले भाग लिएका थिए ।

‘भिक्टोरिया सेक्रेट फेन्टासी ब्रा’ नाम दिइएको सो ब्रा करिब ३५० घण्टा लगाएर बनाइएको आयोजकले बताएका छन् । यसमा ६ हजार बह्न्दा बढी जेम्स स्टोनको प्रयोग गरिएको छ भने यसमा १८ क्यारेटको सुनको प्रयोग पनि गरिएको छ ।

बार्षिक रुपमा आयोजना हुने ‘भिक्टोरिया सेक्रेट फेशन शो’ यस पटक पहिलो पटक आयोजना चीनमा गरिएको भएपनि विवादबाट भने मुक्त हुन् सकेन । 

यस फेशन शो मा भाग लिने कैयौ मोडललाई चीनले भिसा दिन अस्विकार गरेको चर्चा चलेको छ । चर्चित मोडल गिगी हदिद, जुलिया बेल्याकोभा, इरिना शरिपोभा जस्ता मोडललाई चीनले भिसा दिन अस्विकार गरेकाले यस फेशन शो मा भाग लिन नसकेको फेश्निष्टाले रिपोर्ट सार्वजनिक गरेको छ । 

त्यस्तै चर्चित गायिका केटी पेरीपनि यस फेशन शोमा भिसा कै कारण आउन नसकेको बताइएको छ ।  यस फेशन शोलाई नोभेम्बर २८ मा सिबिएस च्यानलमा टेलिकाष्ट गरिने आयोजकले जनाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै