• २०८१ बैशाख ६ बिहीबार

युभेन्टसविरुद्ध बार्सिलोना जित निकाल्न असफल, बराबरी पछि पनि अन्तिम १६ मा पुग्यो 

kharibot

काठमाडौँ । युभेन्टसलाई उसैको मैदानमा हराउने बार्सिलोनाको प्रयास असफल भएको छ । गएराती भएको च्याम्पियन्स लिग अन्तर्गत भएको समुह चरणको खेल गोलरहित बराबरीमा सकिएपछि बार्सिलोनाले युभेन्टसलाई उसको घरेलु मैदानमा पराजित गर्न असफल भएको छ । 

खेल बराबरीमा सकिएपनि बार्सिलोनाले भने च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो ठाउ भने पक्का गरेको छ । यो बराबरीपछि च्याम्पियन्स लिगमा बार्सिलोनाको ५ खेलमा ११ अंक बनेको छ भने युभेन्टसको ५ खेलमा ८ रहेको छ । त्यस्तै स्पोर्टिंग लिस्बनको ५ खेलमा ७ अंक रहेको छ ।

यस खेलमा बार्सिलोनाका म्यानेजर इर्नेस्टा भल्भेर्डेले सबैलाई आस्चर्यमा पर्दै मेसीलाई वैकल्पिक खेलाडीमा राखेका थिए भने उनको ठाउमा ब्राजिलियन पाउलिन्होलाई खेलाएका थिए । बार्सिलोनाले ला लिगामा लिगको दोस्रो स्थानमा रहेको भ्यालेन्सियासँगको खेलका लागि मेसीलाई आराम दिन यसो गरिएको बताएको छ । 

मेसीको अभावमा पनि बार्सिलोनाले खेलमा आफ्नो लय पकड्न असफल भएको देखिएको थियो । खेलको दोस्रो हाफको ५६औ मिनेटमा मेसी मैदानमा आएपनि युभेन्टसको डिफेन्सलाई तोडेर गोल गर्न असफल भएका थिए ।

यस खेलपछि युभेन्टसको घरेलु मैदानमा बार्सिलोना ६ खेलमा ३ हार र ३ बराबरीको रेकर्ड बेनेको छ भने जित अझै हासिल गर्न सकेन । बार्सिलोना सन् २०१६ को मार्च देखि खेलिएका १८ खेलमा अपराजित रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै